२६ वर्षपछि महिला फुटबल टोलीलाई इतिहास रच्ने अवसर
काठमाडौं । नेपालले आज एएफसी महिला एसियन कप २०२६ को छनोटमा घरेलु टोली उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति सवा नौ बजे शुरु हुनेछ । अस्ट्रेलियामा अर्को वर्ष हुने एसियन कप खेल्न पाउने भएकाले आजको खेल निर्णायक हुनेछ ।
समूह ‘एफ’ को दुई उत्कृष्ट टोली नेपाल र उज्वेकिस्तान समान ६ अंक र १७ गोलसहित शीर्ष स्थानमा छन् । दुवै टोलीले छनोट प्रतियोगितामा अहिलेसम्म गोल खाएका छैनन् । फिफा वरीयतामा उज्वेकिस्तान ५१ औं र नेपाल एक सयौं स्थानमा रहेका छन् ।
यसअघि दुई टोलीबीच तीन पटक प्रतिस्पर्धा भएकोमा तीन पटक नै उज्वेकिस्तान विजयी भएको थियो । उज्वेकिस्तानले पाँच पटक एसियन कप खेलिसकेको छ । नेपाली टोलीका लागि भने यो खेल इतिहास उल्ट्याउने अवसर हो ।
यदि नेपालले उज्बेकिस्तानलाई हरायो भने, २६ वर्षपछि महिला एसियन कपमा पुग्ने अवसर प्राप्त हुनेछ।
समूह एफमा नेपाल उज्बेकिस्तान, लाओस र श्रीलंका छन् । समूहमा शीर्ष रहने टोली आगामी वर्ष अस्ट्रेलियामा हुने महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ ।
Comments
अरु समाचार
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
एनपिएलमा आज कर्णाली र जनकपुर भिड्दै !
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम...












