रुस-युक्रेन युद्धमा रासायनिक हतियारको प्रयोग तीव्रः गुप्तचर एजेन्सी
काठमाडौं । रुसले युक्रेनी सैनिकविरुद्ध रासायनिक हतियारको प्रयोग तीव्र बनाएको नेदरल्याड्स र जर्मन गुप्तचर एजेन्सीले जनाएका छन् ।
रुसी सेनाले घाँटीमा असर गर्ने क्लोरोपिक्रिन प्रयोग गरिरहेको आफूसँग प्रशस्त प्रमाण रहेको ती एजेन्सीले जनाएका हुन् । डच सैन्य गुप्तचर र सुरक्षा सेवाका प्रमुख पिटर रिसिंकले यो आफ्नै अनुसन्धानमा आधारित निष्कर्ष भएको बताए ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जर्मनीको गुप्तचर एजेन्सीले पनि उक्त निष्कर्षलाई पुष्टि गर्दै रुसी सेनाले युक्रेनमा अश्रुग्यासका साथै धेरै खतरनाक रासायनिक क्लोरोपिक्रिन प्रयोग गरिरहेको जनाएको छ । रुसले रासायनिक हतियार हजारौँपटक प्रयोग गरेको उनको भनाइ छ ।
रुसले निषेधित हतियार प्रयोग गरेको अस्वीकार गर्दै आएको छ । युक्रेनले पनि यस्तै आरोप अस्वीकार गरेको छ । रासायनिक हतियारको प्रयोग अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लंघन मानिन्छ ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोवाले देशको संघीय सुरक्षा सेवाले बुधबार पूर्वी भागमा युक्रेनी हतियारको भण्डार फेला पारेको जिकिर गरेकी छिन । त्यसमा क्लोरोपिक्रिन समावेश रहेको उनले बताइन् ।
Comments
अरु समाचार
-
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई छैन: अन्तर्राष्ट्रिय समुद्री सङ्गठन
काठमाण्डौ - अमेरिका र इरान युद्धका कारण अवरुद्ध भएको स्ट्रेट अफ हर्मुजमा पानीजहाज रोक्ने कानुनी अधिकार कुनै पनि देशलाई नभएको...
-
Russian Embassy Hosts New Year Event in Kathmandu, Emphasizes Media Role in Nepal-Russia Ties
Kathmandu – Marking the occasion of the Nepali New Year, the Russian Embassy in Nepal hosted a special greetings exchange...
-
साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड
दुबई । साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी ठहर भएका सात जनालाई मृत्युदण्ड दिएका छन् । पाँच साउदी...
-
अमेरिका-इरानबीच के कुरामा हुन सकेन सहमति ? पाकिस्तानले मध्यस्थकर्ताको भूमिका जारी राख्ने
इस्लामावाद । अमेरिकासँगको वार्ता असफल भएपछि इरानको वार्ता टोली पनि पाकिस्तानबाट बाहिरिएको छ। इरानको सरकारी समाचार एजेन्सी मेहरका अनुसार इरानी...
-
ट्रम्पले इरानमाथि सैन्य कारबाही रोकेपछि कच्चा तेलको मूल्यमा ठूलो गिरावट
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित ठूलो आक्रमणलाई दुई हप्ताका लागि रोक्ने निर्णय गरे । सो...
-
‘अमेरिका-इरान’ ठूलो युद्धको खतरा तत्कालका लागि टर्यो, सर्तसहितको युद्धविराम
काठमाडौं । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच अस्थायी राहतको संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई...
-
एकै रातमा इरानी सभ्यता ‘खत्तम पारिदिने’ ट्रम्पको चेतावनी, डेमोक्र्याट् नेताले गरे निन्दा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब एकै रातमा इरानलाई ‘खत्तम पार्ने’ चेतावनी दिएका छन् । उनले यो मंगलबार राति...
-
इरानले खसालेको अमेरिकी लडाकू विमानका एक पाइलटको उद्धार, अर्का वेपत्ता
काठमाडौं । इरानले आफ्नो आकाशमा अमेरिकाको लडाकू विमान खसालेको छ । उक्त विमानका दुई चालक दलका सदस्यमध्ये एकजनालाई अमेरिकी सेनाले...
-
Russian Film Days Inaugurated at NIFF; First Film Shot in Space to Be Screened
Kathmandu – The “Russian Film Days” has been officially inaugurated under the Nepal International Film Festival (NIFF). The inauguration ceremony...












