पाँच बलमा पाँच विकेटको किर्तिमान आयरल्यान्डका कर्टिसको नाममा
काठमाडौं । विश्व क्रिकेटमा खेलाडीहरुले आफ्नो जादुमयी खेल प्रदर्शनका कारण नयाँनयाँ किर्तिमान राख्दै इतिहास रच्दै आएका छन् । त्यस्तै, आयरल्यान्डका अलराउन्डर कर्टिस क्याम्फरले व्यावसायिक क्रिकेटमा पाँच बलमा लगातार पाँच विकेट लिने पहिलो पुरुष बलर बनेर इतिहास बनाएका छन्।
उनले इन्टर–प्रोभिन्सियल टी–२० ट्रफी अन्तर्गत नर्थ–वेस्ट वारियर्सविरुद्ध मन्स्टर रेड्सका लागि यो कीर्तिमान बनाएक हुन्। उनले आफ्नो २.३ ओभरको स्पेलमा १६ रन खर्चेर ५ विकेट लिँदै समाप्त गरे।
मन्स्टर रेड्सका कप्तान क्याम्फरले आफ्नो दोस्रो र तेस्रो ओभरमा गरी यी पाँच विकेट लिएका थिए। १८९ रनको लक्ष्य पछ्याइरहेको वारियर्स उनको यो प्रदर्शनसँगै ८७ रनमा ५ विकेटको स्थितिबाट ८८ रनमा अलआउट हुन पुगेको थियो।
आफ्नो उपलब्धिबारे क्याम्फरले , ‘ओभर परिवर्तन भएकाले के भइरहेको छ भन्ने मलाई खासै थाहा थिएन। मैले आफ्नो योजनामा अडिग रहेर बलिङलाई एकदमै सामान्य राखें र भाग्यले साथ दियो ।’
टी–२० अन्तर्राष्ट्रियमा लगातार चार बलमा चार विकेट लिने खेलाडीको सूचीमा रहेका क्याम्फर पाँच बलमा पाँच विकेट लिने पहिलो बलर भने होइनन्। यसअघि जिम्बाब्बेकी महिला अलराउन्डर केलिस नाममा पनि पाँच बलम पाँच विकेटको कीर्तिमान थियो। उनले सन् २०२४ मा घरेलु टी-२० प्रतियोगितामा पाँच बलमा पाँच विकेट लिएकी थिइन्।
Comments
अरु समाचार
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
एनपिएलमा आज कर्णाली र जनकपुर भिड्दै !
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम...












