घुस डिलले डुबायो, मन्त्री गुप्ताले राजीनामा दिए !
काठमाडौं । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।
मन्त्री गुप्ताले आफ्नो राजीनाका सम्बन्धमा सामाजिक सञ्जाल फेसबुकमा लेख्दै जानकारी दिएका छन् । उनेल फेसबुकमा लेखेका छन्,‘बिगत केहिदिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्निय प्रधान मन्त्रि समक्ष सामान्य प्रशासन मन्त्रि पदबाट राजिनामा गरेको छु।’
यो पनिः एमालेबाट मन्त्री बनेका गुप्तालाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले सोधे स्पष्टीकरण
त्यस्तै मन्त्री गुप्ताले आफु प्रबिधिको शिकार भएको पनि उल्लेख गरेका छन्, उनले लेखेका छन् ‘प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहिपनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्मा बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु।’
गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओली झापाबाट काठमाडौं फर्के लगत्तै सोमबार बिहान बालुवाटार बोलाएर स्पष्टीकरण सोधेका थिए
Comments
अरु समाचार
-
भारतको हिमाचलमा ग्यास सिलिण्डर विस्फोट, ९ जना नेपालीको मृत्यु
काठमाडौं । भारतको हिमाचल प्रदेशमा भएको ग्यास सिलिण्डर विस्फोटबाट ९ जना नेपालीको ज्यान गएको छ। सोलन जिल्लाको अर्की क्षेत्रमा ग्यास...
-
कांग्रेस विशेष महाधिवेशन : सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन समिति गठन गरिएको छ । मंगलबार बन्दसत्र सुरु हुनासाथ सीताराम केसीको अध्यक्षतामा...
-
रोल्पामा वर्षमान र बालरामको भिडन्त, के गर्लान् विप्लव ?
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले रोल्पाबाट बालराम थापालाई एकल उम्मेद्वार सिफारिस गरेको छ । जिल्ला कार्य...
-
कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदैछ । विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थाप र...
-
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत प्रतिनिधिहरूले गरे हस्ताक्षर
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । विशेष महाधिवेशन प्रचार संयोजक सुवास...
-
विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको प्रतिवेदनमा के छ ?
काठमाडौं ।नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सोमबार भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन्।श्यामकुमार खड्काको अध्यक्षतामा...
-
ओलीसँग भिड्ने तयारी गर्दै बालेन, माघ ५ गते पदबाट राजीनामा दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते पदबाट राजीनामा दिने तयारी गरेका छन्। बालेनको सचिवालयका एक सदस्यका...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...
-
कांग्रेस विशेष महाधिवेशनः आज पनि प्रतिनिधिको नाम दर्ता जारी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...











