बंगलादेशमा वायुसेनाको जेट खस्दा २० जनाको मृत्यु, १७० भन्दा बढी घाइते
काठमाडौं । बंगलादेशको राजधानी ढाकामा सोमबार वायुसेनाको एक तालिम जेट माइलस्टोन स्कूलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने १७० भन्दा बढी घाइते भएका छन्। यो दुर्घटना स्थानीय समयअनुसार सोमबार दिउँसो १ बजेपछि उत्तरा उपनगरमा भएको थियो।
प्रत्यक्षदर्शीका अनुसार एफ–७ जेटले तालिम उडानका लागि उडान भरेको केही बेरमै यान्त्रिक गडबडीको सामना गर्यो। सशस्त्र बलले एक विज्ञप्ति जारी गर्दै विमानका पाइलट, फ्लाइट लेफ्टिनेन्ट एमडी तौकिर इस्लाम,ले कम जनघनत्व भएको क्षेत्रमा विमानलाई लैजाने प्रयास गरेको तर सफल नभएको बताएको छ। पाइलटको पनि सोही दुर्घटनामा मृत्यु भएको छ।
दुर्घटनापछि माइलस्टोन स्कूल–कलेजको दुई तले भवनमा ठूलो आगो र बाक्लो धुवाँ देखिएको थियो। धेरैजसो पीडित विद्यार्थीहरू थिए जो भर्खरै विद्यालयबाट छुटेका थिए। स्वास्थ्य मन्त्रालयका अनुसार मृतकहरूमध्ये १७ जना बालबालिका थिए।
घाइते भएका ५० भन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको राष्ट्रिय जलन तथा प्लास्टिक सर्जरी संस्थानका एक चिकित्सकले बताएका छन्। अधिकांश घाइते १० देखि १५ वर्ष उमेरका बालबालिका रहेका छन् र उनीहरू जेट इन्धनबाट जलेका छन् ।
बंगलादेशले मंगलबार राष्ट्रिय शोक दिवस घोषणा गरेको छ, जसमा देशभर राष्ट्रिय झण्डा आधा झुकाइनेछ । एक अनुसन्धान समिति गठन पनि गरिएको छ जसले यस घटनाको अनुसन्धान गर्नेछ।
Comments
अरु समाचार
-
नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषण,सचेतनाका लागि अनलाइन कक्षा सञ्चालन !
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषणले उकुसमुकुस हुन थालेपछि कक्षा ९ देखि ११ सम्मको कक्षालाई हाइब्रिड मोडमा...
-
हाइकिङ गएका भारतीय राजदूतलाई सेनाले हेलिकप्टरबाट किन गर्याे उद्धार ?
काठमाडौं । काठमाडौँको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा अचानक बिरामी भएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको मुटुको अपरेसन गरिएको...
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...












