एम्बुलेन्स दुर्घटनामा परी चालकको मृत्यु
काठमाडाैं । जाजरकोटमा एम्बुलेन्स दुर्घटनामा परी चालकको मृत्यु भएको छ।
दुर्घटनामा परी भेरी नगरपालिका – १ डौँरीकाँडाका २८ वर्षीय सुनिल चनाराको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी प्रमुख डिएसपी बसन्त शर्माका अनुसार दुर्घटनाबारे प्रहरीलाई बिहान ८ बजेपछि मात्रै सूचना आएको थियो। दुर्घटना स्थलमा जिल्लाका प्रहरी निरीक्षक हरिराम डाँगीको टोली पुगेको छ।
डिएसपी शर्माका अनुसार भेरी नगरपालिका – १ कोलचौर नजिकै कल्ले बाट मैदेतर्फ जाँदै गरेको भे १ च २२४७ नम्बरको एम्बुलेन्स कल्ले खोलामा मध्य रातिमा दुर्घटना परेको थियो।
चालक चनारा मात्रै एम्बुलेन्समा सवार थिए। भित्री सडक खण्डमा दुर्घटनामा परेको एम्बुलेन्स सडक खण्डदेखि झन्डै एक सय मिटर मुनी खसेको डिएसपी शर्माले बताए।
डिएसपी शर्माका अनुसार असार तेस्रो सातातिर मात्रै चालक चनारा हप्ता दिन बढी प्रहरी हिरासतमा बसेर सजाय भुक्तान गरी निस्किएका थिए। असार २२ गते पनि मदिरा सेवन गरि चनाराले चलाएको एम्बुलेन्स नालामा खसेको थियो।
त्यसपछि चनारामा माथि अभद्र ब्यबहार सम्बन्धी मुद्दा चलेको थियो। सोही मुद्दामा उनी एक हप्ता बढी प्रहरी हिरासतमा बसेर निस्किएका थिए । चालक चनाराको घटनास्थलमै मृत्यु भएको हुँदा उनी कहाँ बाट आउँदै थिए भन्ने अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।
एम्बुलेन्स उदय युथ क्लब रुकुम पश्चिमको हो।
Comments
अरु समाचार
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...












