विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ ।
सिजि मोटर्सले एम्बर मोटर्स प्रालिविरुद्ध केवाइसी भ्यानको दुरुस्तै स्पेसिफिकेसनसहित केवाइसी ब्राण्डका गाडी बेचेको भन्दै अदालत गएको थियो । तर, काठमाडाैं जिल्ला अदालतले सिजिको करार सम्झाैता विपक्षीबाट नविकरण नभएको र म्याद सकिएको ६ महिना वितिसकेको भन्दै अल्पकालीन आदेशलाई खारेज गरिदिएपछि चाैधरीको शक्ति भताभुङ्ग बन्न पुगेको हो ।
नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रालिविरुद्ध विनोद चाैधरीको सिजी ग्रुपले अनेक मुद्दा मामला गर्दै आफ्नो पक्षमा काम गराउने षडयन्त्र रचेपनि जिल्ला अदालत काठमाडाैंले षडयन्त्रलाई निस्तेज पारिदिएको हो ।
चिनियाँ कम्पनी चोङछिङ कुवायुविरुद्ध (CHONGOING KUAYUE (Group) CO., LTD ले उत्पादन गरेको केवाइसी ब्राण्डको गाडी नेपालमा ल्याएर वेचेपछि सर्भिसदेखि अन्य सुविधामा सिजीले मोनोपोली राख्दै ग्राहकलाई दुख दिएको गुनासो चर्किएपछि चिनियाँ कम्पनी सम्झाैता नविकरण नगर्ने पक्षमा उभिएको बताइन्छ ।
‘निवेदकसंगको विपक्षी कम्पनीको सम्झाैता रद्द भई सकेको आधारमा विपक्षी बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा अर्को स्वतन्त्र निकाय विपक्षी इलेक्ट्रोनिक्स ड्रिम्स मोबिलिटी प्रालीलाई नेपाल एजेन्सी ऐन २०१४ बमोजिम रितपूर्वक एजेन्सी दर्ता गरि दिएको विषय कानूनविपरित नदेखिएको हुँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्ने अवस्था देखिएन भनि रिट खारेज गरेको समेत देखिदा र उक्त मिति ७ जुलाई २०२२ को सम्झाैता उक्त कम्पनीले मिति ५ जुलाई २०२५ मा रद्द गरेको लगभग ६ महिना वेतित भई सकेको देखिदा प्रस्तुत मुद्दा फैसला हुँदा ठहरे बमोजिम हुने नै हुँदा यस अदालतबाट मिति २०८२ पुस ८ मा भएको अल्पकालीन आदेशलाई निरन्तरता दिइरहन परेन। कानून बमोजिम गर्नु’ आदेशमा भनिएको छ।
चाैधरीले अनेक बहाना झिकेर चिनियाँ कम्पनीमाथि षडयन्त्र गर्ने प्रयास गरिरहेका छन भने नियोसिया ब्राण्डलाई नेपालमा प्रतिबन्ध लगाएर आफू एकलाैटी नाफा आर्जन गर्ने प्रयास भने गरिरहेका छन् । तर, अदालतले साथ नदिदा उनी तनावमा फस्न थालेका छन् ।
सम्बन्धित समाचार शीर्षकः
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...
-
पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सबैभन्दा ठुलो दल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ ।...











