विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ ।
उच्च अदालत पाटनका एकल न्यायाधीशको इजलासले प्रभावमा परेर गरेको आदेश संयुक्त इजलासले उल्ट्याइदिएको हो । न्यायाधीश डालकुमार खड्काको एकल इजलासले पहिलो पेशीमै चौधरीलाई फाइदा हुनेगरी अल्पकालीन अन्तरिम आदेश दिएको थियो । तर, न्यायाधीशद्धय ब्रजेश पोखरेल र बासुदेव न्यौपानेको संयुक्त इजलासले बिहीबार रिट नै खारेज हुने फैसला सुनाएको हो ।
न्यायाधीश खड्काको आदेश पुरा हेर्नुहोस्ः
साउन १५ गते उच्च अदालत पाटनले इलेक्ट्रोनिक ड्रिम्स मोबिलिटीलाई एजेन्सी दर्ता गरी केवाइसी गाडी आयात गर्न दिने निर्णय कार्यान्वयन नगर्न वाणिज्य विभागका नाममा अन्तरिम आदेश दिएकामा अहिले रिट नै खारेज गरिदिएर सीजी मोटर्सलाई ‘हातमा लाग्यो शून्य’ बनाइदिएको हो ।
सम्बन्धित समाचार शीर्षकः केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
सिजी मोटर्सले चीनको चोङछिङ चाङएन कुवायु अटोमोबाइल्स कम्पनी लिमिटेडसँग गरिएको विद्युतीय भ्यान आयात सम्झौता बीचमै रोकेपछि चिनियाँ कम्पनीले सम्झौता भंग भएको बताउँदै नयाँ एजेन्सी इलेक्ट्रिक ड्रिम्स मोबिलिटी प्रालिसँग एक वर्षका लागि सम्झौता गरेको थियो ।
टेकुस्थित सो कम्पनीले २०८२ साउन १३ गते आपूर्ति विभागबाट एजेन्सी दर्ता पाएको छ । तर, उक्त एजेन्सी अवैध भएको दाबी गर्दै सिजी मोटर्सले २०८२ साउन १४ गते आपूर्ति विभाग, भन्सार विभागलगायत निकायलाई विपक्षी बनाउँदै उच्चमा मुद्दा दायर गरेको थियो ।
जबकि, सम्झौतामा स्पष्ट रुपमा सिंगापुरको अदालतमा मुद्दा दायर गर्नुपर्ने उल्लेख छ । त्यसको अवज्ञा गर्दै सिजीले नेपालमै मुद्दा हालेर विदेशी कम्पनीलाई दुःख दिएको हो ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











