ताजा समाचार

‘धुर्मुस आयो भन्दा जिस्केर नाच्छन्’

download (4)

हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ यतिबेला भूकम्प पुननिर्माणमा कटिवद्ध भएर जुटिरहेका छन् । साथमा कुञ्जना घिमिरे ‘सुन्तुली’ पनि सहायक कमान्डरका रुपमा खटिएकी छिन् । हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’को चर्चित जोडी अहिले लोकलाई काम गरेर देखाई रहेको छ । सधैं सागेपाते, हल्का विषयलाई कमेडी बनाएर जनता मत जित्न सफल यो जोडी आजभोलि भने वास्तवमै जनता दुःखमा साथ दिइरहेको छ । धुर्मुस–सुन्तुलीको पुननिर्माण अभियानलाई लिएर न्युज–नेपालले ‘धुर्मुस’सँग गरेको कुराकानी  :

पुननिर्माण अभियानमा जुटिरहनु भएको छ,अब यात्रा समाजसेवातर्फ मोडिएको हो ?
२०७२ साल वैशाख १२ गतेको भूँइचालोपछि मुलुकमा ठूलो विपत्ति आइलाग्यो । भूकम्प पिडीतलाई आफुले सकेको सहयोग गर्न हामी खटिरहेका छौं । यसको अर्थ यो होइन कि कलाकारिता छोडेर हामी समाजसेवा तर्फ लागेको भन्ने होइन् । स्थानीयका दुःख/पीडामा साथ दिने उद्देश्यले हामीले पुनःनिर्माण अभियान चलाएका हौं । यस अन्तर्गत काभ्रेमा एकीकृत नमूना बस्तीमा २० ओटा घर निर्माण गर्यो । सिन्धुपाल्चोकको मेलम्ची गिरानचोरमा ६५ ओटा घर बनाउन हामी जुटिरहेका छौं ।

पुननिर्माण सजिलो कि कलाकारिता ?

पुननिर्माण अभियान हामीबाट मात्र संम्भव हुने होइन । हामीले देश दुखेको बेला सहयोगी हात जुटाउने सन्देश दिन खोजेको हो । सबैले अ–आप्mनो क्षेत्रबाट सहयोग गर्नका लागि प्रेरणा दिन खोजेका हौं । वास्तवमा हाम्रो अभियानमा सहयोगी हात जुटेका छन् । यो एउटा सकारात्मक सन्देश हो । काम गर्न चाहनेलाई पैसाले रोक्दैन भन्ने हामी उदाहरण हौं । कलाकारिता त हाम्रो पेशा हो । यसैबाट चलेको छ ।

धुर्मुस–सुन्तुली फाउन्डेसन मार्फत अभियानमा जुटनु भएको छ, सहयोगी हात कस्ता–कस्ता छन ?
भुकम्प पीडितलाई सघाउन देशी/विदेशी सहयोगी हात जुटेका छन् । हामीलाई करीब ४ करोड रुपैयाँ सहयोग गर्ने वचन आएको छ । करीब १ करोड ३० लाख त खातामै आइसक्यो । त्यसैलाई फाउन्डेसनले सही सदुपयोग गरेर पारदर्शी ढंगले पिडितका लागि खर्च गर्नेछ ।
भूकम्पपीडितका घर निर्माणका लागि काध थापिराख्नु भएको छ, कस्ता छन पीडितका समस्या ?
समस्या धेरै थरी छन, कतिको घर छैनन्, कतिलाई खानपानकै समस्या छ अझै, राहत पाएकै छैनन्, ती सबै कथा भनि साध्य छैन् । सरकारले राहत बाडेको सुनिन्छ । स्थानीय कतिले अझै पाएकै छैनन् । हल्ला पुगेको छ राहत छैन । त्यसैले हल्ला भन्दा काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।
टेलिभिजनमा देख्न कलाकारलाई गाँउबेसीमै भेटेपछि फ्यानको प्रतिक्रिया कस्तो छ ?
कति त जिस्केर नाच्छन नै । कोही धुर्मुस आयो भन्दा पत्याउँदैनन् । स्वभाविक रुपले दाजुभाईहरुले नौलो अनुभूति गरे जस्तो लाग्छ । मलाई त धेरै नै आनन्द लागेको छ ।

images

पुननिर्माण अभियानको प्रचार गरेर धुर्मुसले चर्चा कमाउन लागेको भनिन्छ नि ?
प्रचार त हो नै । यसम शंका गर्नु पर्दैन । न सरकारको अनुदान न त कुनै एनजिओ/आइएनजिओको अनुदान । हामीले प्रचारै नगरी हाम्रो अभियानबारे कसले थाहा पाउने ? त्यसैले यो प्रचार हो,– पुननिर्माणमा सहयोग गर्नेलाई । सहयोगीलाई हाम्रो स्वागत छ ।
यो अभियानमा जुटने प्रेरणा कहाँबाट पाउनुभयो ?
समाजसेवा गर्ने रुची थियो नै । भूकम्प आएपछि हामी यस अभियानमा सक्रिय भएका हौं । अब यो निरन्तर हुन्छ । तत्काल भुकुम्पपीडितका लागि भएपनि हामी समाजमापछि परेका वर्गको हित र उन्नतिका लागि निरन्तर काम गछौं ।

यो पनि पढ्नुस् ।  

http://news-nepal.com/2016/05/25/24304.html

 

http://news-nepal.com/2016/05/29/24648.html

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org