ताजा समाचार

‘करसँग डर होइन भर गरौं’

OLYMPUS DIGITAL CAMERA

विगत नौ महिनादेखि आन्तरिक राजस्व कार्यालय, काठमाडौं क्षेत्र नं. १ को प्रमुख कर प्रशासकका रुपमा कार्यरत चन्द्रकला पौडेल २०५५ सालमा लेखा अधिकृत पदबाट सरकारी सेवा गर्नुभएको हो । उहाँले लेखा अधिकृतका रुपमा विभिन्न कार्यालयहरुमा ११ वर्ष कार्य गर्नुभयो । २०६६ सालमा उपसचिवमा बढुवा भएर राजस्व समूहअन्तर्गत विभिन्न कार्यालयहरुमा काम गर्नुभयो । २०७० चैत्रमा खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकालेपछि उहाँले वाणिज्य विभागको उपमहानिर्देशक, अर्थ मन्त्रालयको सहसचिव, आन्तरिक राजस्व विभागको उपमहानिर्देशकका रुपमा कार्य गरिसक्नुभएको छ । क्षमता, दक्षता, कार्यकुशलता, इमानदार, अनुशासित र जिम्मेवार प्रशासकको छवि बनाउनुभएकी पौडेल नेपालको निजामति प्रशासनका क्षेत्रमा उदाहरणीय प्रशासकका रुपमा परिचित हुनुहुन्छ । भावी महानिर्देशक र सचिवको रुपमा समेत उहाँलाई हेर्ने गरिन्छ । थोरै महिला सहसचिवमध्ये उहाँ क्षमतावान्, मेहनती र सक्षम प्रशासकका रुपमा परिचित हुनुहुन्छ । प्रस्तुत छ– आन्तरिक राजस्व कार्यालय काठमाडौं क्षेत्र १ बबरमहलको कार्यक्षेत्र, करदाता संख्या, कर असुली लक्ष्य, असुलीको वर्तमान अवस्था, चुनौती र पारदर्शी एवम् प्रभावकारी कर प्रशासनमा केन्द्रित रहेर न्युज-नेपाल अनलाइनले गरेको कुराकानी : 

आन्तरिक राजस्व कार्यालय काठमाडौं क्षेत्र नं. १ को कार्य क्षेत्रबारे बताइदिनुहुन्छ कि ?

  • हाम्रो कार्यक्षेत्र काठमाडौं महानगरपालिकाको वडा नं. १, ६, ७, ८, ९, १०, ३१, ३२, ३३, ३४ र ३५ तथा काठमाडौं जिल्लाको पूर्वी क्षेत्र गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनहरा गरी ३ वटा नगरपालिकाका पर्छन् । ५ करोड रुपैयाँदेखि ४० करोड रुपैयाँसम्म कारोबार भएका करदाता हाम्रो कार्यक्षेत्रमा पर्दछन् । वित्तीय संस्था, मेडिकल कलेज र ठेकेदारसम्म ५ करोडदेखि २५ करोडसम्म कारोबार हुने करदाता हाम्रो यस कार्यालयको कार्यक्षेत्रभित्र पर्दछन् । त्यो भन्दामुनि अर्थात् ५ करोड भन्दा कम वार्षिक कारोबार गर्ने करदाता हाम्रो मातहत रहेका ५ वटा करदाता सेवा कार्यालयभित्र पर्दछन् । यस्ता करदाता सेवा कार्यालय पुतलीसडक, नयाँ बानेश्वर, कोटेश्वर, चावहिल, बत्तीसपुतलीमा रहेका छन् । ४० करोडभन्दा माथि कारोबार गर्ने करदाता ठूला करदाता कार्यालय, हरिहरभवन ललितपुरको कार्यक्षेत्रभित्र पर्दछन् ।

आन्तरिक राजस्व कार्यालय काठमाडौं क्षेत्र नं. १ भित्र कति करदाता रहेका छन् ?

  • चालु आर्थिक वर्षको जेठ मसान्तभित्र १ हजार १ सय १० करदाता हाम्रो दायरामा आएका छन् । जसमध्ये ८ सय ४५ करदाता मूल्य अभिवृद्धि करमा दर्ता छन् ।

चालु आर्थिक वर्ष २०७२/७३ को ११ महिना अर्थात् जेठ मसान्तसम्मको कर असुलीको तथ्यांक कस्तो छ ?

  • जेठ मसान्तसम्म लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गरेका छौं । तर यो संकलनमा करदाताहरुले आपूmले पायक पर्ने करदाता सेवा कार्यालयमा पनि केही रकम जम्मा गर्ने प्रवृत्ति छ । त्यसकारण हाम्रो कार्यालय र करदाता सेवा कार्यालयको असुलीमा अझ बढी रकम संकलन भएको छ । लक्ष्य मोटामोटी रुपमा पूरा भएको अवस्था छ । असार मसान्तसम्म तोकिएको राजस्व असुलीको लक्ष्य पूरा गर्नेतर्पm हाम्रो कार्यालय र मातहतका करदाता सेवा कार्यालय पनि प्रतिबद्ध छौं ।

चालु आवमा यस कार्यालयले कति राजस्व असुली गर्ने लक्ष्य तोकिएको छ ?

  • चालु आर्थिक वर्षमा यस कार्यालयअन्तर्गत ४ अर्ब ७५ रुपैयाँ लक्ष्य तोकिएकोमा ३ अर्ब ४२ करोड रुपैयाँ संकलन भइसकेको छ । यसमध्ये केही रकम करदाता सेवा कार्यालयमा पनि संकलन हुने गर्दछ । अन्य कार्यालयमा संकलन भएको राजस्व २०/२२ करोड रकम देखिन्छ । हामीले असार मसान्तभित्र जेठ मसान्तभित्र संकलन हुन नसकेको २०/२२ करोड रकम समेत संकलन गरी लक्ष्य पूरा गर्ने योजना बनाएर ताकेता गरिरहेका छौं । हामी लक्ष्य पूरा गर्छौं । यसमा कुनै शंका वा द्विविधा छैन ।

क्षेत्र नं. १ लाई करदातामैत्री, पारदर्शी र सुशासनयुक्त बनाउन तपाईंले यो कार्यालय प्रमुख भएपछि के कस्तो कार्य गर्नुभएको छ ?

  • म यस कार्यालयमा प्रमुख कर प्रशासक भएर आएको ९ महिना हुँदैछ । यस अवधिमा कार्यसम्पादन छिटो बनाउन म र मेरा कर्मचारी समूहले कोशिस गरेका छौं । करदाता सेवा शाखा सबैभन्दा फ्रन्ट लाइनमा बसेर काम गर्ने शाखा हो । करदाता सेवा शाखाले नै अरु शाखाहरुलाई आवश्यक पर्ने सूचना दिने गर्दछ । त्यसैले पहिलो सुधार हामीले करदाता सेवा शाखाबाटै गरेका छौं । त्यहाँ कर प्रशासनमा लामो समयदेखि बसेका, करदाताका समस्या बुझ्ने कर्मचारीहरुलाई राखेर सुरुदेखि नै सुधार गरेका छौं । कुनै पनि करदाताले टेलिफोन, अनलाइनबाट होस् वा कार्यालयमै आएर होस् सेवा लिने करदातालाई हामीले ऐनको प्रतिकूल हुने अवस्थामा विभागमा सोधेर निर्णय गर्ने वा विभाग पठाउने गरेका छौं । ऐनमा थप व्याख्या गर्नुपर्ने अवस्था छ भने विभागमा पठाउँछौं । अन्यथा करदातालाई सकेसम्म छिटो, सोही दिन सेवा लिएर जाने अवस्थामा कार्यालयलाई राखेका छौं । साथै हाम्रा मातहतका करदाता सेवा कार्यालय र कर्मचारीलाई पनि सोहीअनुरुप परिचालन गरेका छौं ।

गत वर्षको भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीले कर असुलीमा कस्तो प्रभाव पा¥यो ?

  • विगतको भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीका कारण मुलुकको आर्थिक गतिविधिमा प्रतिकूल अवस्था सिर्जना भयो । यसले राजस्व समयमा नउठेर, त्यसभन्दा पछाडिका महिनामा राजस्व संकलन र करदाताले रकम बुझाउने प्रवृत्ति सिफ्टिङ भएको मैले महसुस गरेकी छु । राजस्व संकलनको अवस्था आयकर, अन्तशुल्क मूल्यअभिवृद्धि करमा हेर्दा अर्थ मन्त्रालयले नै ४–५ महिनाको विवरण बुझाउने समयनै पछाडि धकेलेका कारण राजस्व असुली नै पछाडि–पछाडि हुने क्रम छ । अगाडिका महिनाहरुमा आयकर र मूल्य अभिवृद्धि कर संकलन ५०–५० प्रतिशत हाराहारीमा हुन्थ्यो भने अहिले हामीले १२०–१२५ प्रतिशत हाराहारीमा संकलन गरेका छौं । अगाडिको वक्यौता राजस्व अहिले उठ्ने क्रम छ । अरु करदाताले विवाद नगरेका बाहेक अरु कुनै गुनासा आएको अवस्थामा हामीले करदाताको परीक्षण, अनुगमन, टिडिएस परीक्षण गर्ने क्रममा करदाताको कार्यस्थलमै गएर हेर्ने, कुनै बुझाउनुपर्ने विषय भए बुझाउने, जानकारी दिने, सिकाउनुपर्ने भए सिकाउने र उहाँहरुलाई कम्प्लेन्स गर्नका लागि कार्यालयमा बोलाउने हाम्रो संस्कृति, कार्यशैली बढिरहेको हुँदा अहिले राजस्व संकलन अगाडिको महिनाको पछाडि धलेकलिएका कारण केही प्रभाव परेको छ । अरु प्रभाव अब खासै छैन । पूर्ववत् अवस्थामै फर्किइसकेको छ ।

final.

काठमाडौं क्षेत्र नं. १ मा पुरानो वक्यौता कर निकै छ भनिन्छ, त्यो कसरी असुलउपर गर्दै हुनुहुन्छ ?

  • २०७२ असारपछि मूल्य अभिवृद्धि करमा ५१ करोड वक्यौता थियो । केही करदाता जो मुद्दामा जानुभएको छ । त्यो रकम यो ५१ करोड रुपैयाँमा समावेश छैन । आयकरमा १ अर्ब ४३ करोड रुपैयाँ हाम्रो कार्यालयमा वक्यौता थियो । त्यसमध्ये आज जेठ मसान्तभित्र मूल्यअभिवृद्धि करको वक्यौता २९ करोड केही लाख रुपैयाँ असुलउपर गर्न बाँकी छ । आयकरमा ८९ करोड रुपैयाँ असुली गरिसकेका छौं । सबै वक्यौता रकम संकलन हुँदैन । कुनै करदाताको भौचर बुझाउने बेला भएका गल्ती, पैसा बुझाइसकेको तर लगत कट्टा भइसकेका कारण वक्यौतामा परेका हुन्छन् । यी सबै कार्यपछि अहिले आयकरमा ८९ करोड रुपैयाँ मात्र वक्यौता छ । हामीले ठूलो रकम वक्यौता भएकालाई प्राथमिकतामा राखी वक्यौता उठाउन पहल गरेका छौं । १ लाखभन्दा कम, १/२ लाखका बक्यौतालाई त्यति महत्व दिएका छैनौं । तर त्यो वक्यौतालाई पनि उठाउने कार्य योजना पनि बनाएका छौं । ठूला वक्यौता, १ करोडभन्दा माथिका वक्यौतालाई पहिलो प्राथमिकता दिएर निरन्तर फलोअप गरेका छौं । फोन सम्पर्क गरेका छौं । पछि करदाताले म किस्ताबन्दीमा कर बुझाउँछु भन्छ भने तालिका तपाईंले नै पेस गर्नुस्, तालिकाभन्दा फरक नपारी तपाईंले वक्यौता कर बुझाउनुहोस् भनेर हामीले त्यो सुविधासमेत करदातालाई दिएर वक्यौता राजस्व संकलन गरिरहेका छौं ।

यसमा अटेर गर्ने करदातालाई चाहिँ के गर्नुभएको छ ?

  • अटेर गर्ने करदातामाथि कानुनी कारबाही सुरु गरेका छौं । धेरै करदाताको खातापाता रोक्का गरेका छौं । कतिपयका आयात/निर्यात रोक्का भैसकेका छन् । अघिल्ला वर्षहरुमा खातापाता रोक्का गरेका, आयात/निर्यात रोक्का गरेका तर वक्यौता नबुझाएका करदाताहरुको सम्पत्ति रोक्का गर्न हामी अगाडि बढेका छौं । विभिन्न निकायहरुमा उनीहरुको सम्पत्ति यकिन गर्न पत्राचार गरिसकेका छौं ।

वक्यौता राजस्व शून्यमा झार्न सकिँदैन ?

  • वक्यौता शून्यमा ल्याउन सकिन्छ तर निकै ठूलो प्रयत्न गर्नुपर्ने हुन्छ । त्यो महिनामा करदाताले आफ्नो कारोबार विवरण बुझायो, पछिल्लो महिनामा आएर त्यो महिनामा राजस्व बुझाएन भने पछिल्लो महिनाका लागि त्यो वक्यौता भइहाल्छ । यसलाई क्रमशः न्यूनीकरण गर्दै लैजान सकिन्छ । निकै प्रयत्न ग¥यो भने मात्र शून्यमा जान सक्छ । अहिले हामी वक्यौता न्यूनीकरणको दिशामा लागेका छौं ।

साना करदाता सही सूचना नपाएर करमा दर्ता भएका छैनन् । यस्ता व्यवसायीलाई कुन व्यवसाय गर्दा, कति आम्दानी गर्दा कति आयकर, भ्याट तिर्नुपर्छ भनी जनचेतना अभिवृद्धि गर्ने काम किन हुन सकिरहेको छैन ?

  • करका धेरै किसिमका दर छन् । एकल व्यक्तिमा आयकर छुट ३ लाख ५० हजार र दम्पतीमा ४ लाख रुपैयाँसम्म आयकर छुट छ । यसमा १ प्रतिशत सामाजिक सुरक्षा कर मात्र लाग्दछ । करमा विभिन्न छुटका दर छन् । बैंक तथा वित्तीय संस्था, मदिराजन्य कारोबार गर्ने फर्म वा कम्पनीहरुले आयकर ३० प्रतिशत तिर्नुपर्दछ । त्यो बाहेक उद्योगधन्दा, सहकारी संस्थाहरुले २० प्रतिशत आयकर बुझाउनुपर्दछ । अरु व्यवसायीले २५ प्रतिशत आयकर तिर्नुपर्ने करको दर निर्धारण गरिएको छ । मूल्य अभिवृद्धि करमा एकल दर १३ प्रतिशत छ । व्यावसायिक घरजग्गा कारोबार, सेयर कारोबारमा ५ प्रतिशत लाभकर लाग्छ, बैंक ब्याजमा ५ प्रतिशत कर, घर बहालकर १० प्रतिशत लाग्छ । करदातालाई करको दर कति लाग्छ भन्ने विषयमा आन्तरिक राजस्व विभागको वेबसाइडमा सूचना, जानकारी राखिएको छ । करदाताले करको विवरण बुझाउन गएर आफ्नो व्यवसायको नाम र उसले गरेको कारोबारको अंक इन्ट्री ग¥यो भने त्यही करको दर कम्प्युटरमा आउँछ । नभए आन्तरिक राजस्व विभागमा ट्याक्स क्याल्कुलेटरको व्यवस्था गरिएको छ जहाँ उसको कुन प्रकृतिको कारोबार हो, एकल व्यवसाय हो वा प्राकृतिक व्यक्ति हो वा निकाय हो भनेर विवरण राखिसकेपछि अनलाइनबाटै तपाईंलाई यति कर लाग्छ भन्ने जानकारी पाउन सकिन्छ वा करदाताले आफ्नै क्याल्कुलेसन गरी अंक निकाल्न सक्छन् । यसमा अभ्यस्त नभएका करदाता थाहा पाउन सकिएन भनेर गुनासो लिएर कहिलेकाहीँ आउनुहुन्छ । यस्ता करदातालाई हामीले करदाता शिक्षा कार्याक्रम सञ्चालन गरेका बखत, करदाता अनुगमनका बेला पनि बताउने गरेका छौं ।

व्यवसायीले उपभोक्तालाई भ्याट बिल नदिने, भ्याट असुलेर पनि बिल नदिने गरेको पाइन्छ । यसमा आन्तरिक राजस्व कार्यालयहरुबाट कडाइसाथ नियमित अनुगमन किन हुन सकिरहेको छैन ?

  • हामीले प्रभावकारी हिसाबले नै बजार अनुगमन बढाइरहेका छौं । हाम्रो कार्यालयले आफ्नो क्षेत्रका १ हजार १ सय १० करदातालाई मात्र अनुगमन गर्ने हो । अरु करदाताको अनुगमन गर्न हामी जान सक्दैनौ । त्यसकारण यसमा आन्तरिक राजस्व विभागले नै नेतृत्व लिएर सबै आन्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालय परिचालन गर्न सकियो भने बजार अनुगमन प्रभावकारी हुनेछ ।

ननफाइलर, वक्यौता व्यवस्थापन र दर्ता खारेजी प्रक्रियाका विषयमा तपाईंहरुको नीति कस्तो छ ?

हाम्रो कार्यालयले ५ करोडदेखि ४० करोड रुपैयाँ सम्मका कारोबार गर्ने करदाता हेर्ने भएकाले हाम्रा करदाता राम्रा छन्, उनीहरुको कर सहभागिता राम्रो छ । उनीहरु शिक्षित छन्, उनीहरुले कर राम्रोसँग तिरेका छन्, कर विवरण राम्रोसँग राख्छन्, समयमा कर तिर्छन् । मूल्य अभिवृद्धि करमा ननफाइलर करदाता ५ प्रतिशतभन्दा कम छन् । केही करदाता लामो समयदेखि सम्पर्कमा आएका छैनन् । तिनीहरुलाई हामी खोज्ने क्रममा छौं । आयकरमा १० प्रतिशतभन्दा कम ननफाइलर देखिएका छन् । त्यसमा विभागको नीति निर्देशनअनुसार काम गरिरहेका छौं । वक्यौताको व्यवस्थापन रेकर्ड हामीसँग दुरुस्त छ । कुन कम्पनी वा फर्मको कति वक्यौता छ, कहिले देखिएको छ भन्ने रेकर्ड तुरुन्तै हेर्न सकिन्छ । अहिले करदाताको दर्ताभन्दा खारेजीको प्रक्रिया अप्ठेरो छ, झन्झटिलो छ भनेर करदाताले गुनासो गर्ने गरेका छन् । करदाताले आफ्नो व्यवसाय गर्न छाडेमा आन्तरिक राजस्व कार्यालयमा कर दर्ता खारेजीका लागि निवेदन दिन सक्छ । तर करदाताले आन्तरिक राजस्व कार्यालयमा कर दर्ता खारेजीको निवेदन दिएर मात्र दर्ता खारेज हुँदैन । उसले पहिले आफ्नो कम्पनी वा फर्म दर्ता भएको नियमन निकायमा दर्ता खारेज गरेर मात्र हाम्रो कार्यालयमा करदर्ता खारेजीमा आउनुपर्ने हुँदा नियामक निकायमा सेवाग्राहीले दर्ता खारेज नगर्ने, खाली करमा मात्र दर्ता खारेजी गर्न निवेदन दिने गरेकाले कर दर्ता खारेजीमा केही कानुनी र प्रक्रियागत समस्या आएका हुन्. । प्रक्रिया पूरा गरेर कर दर्ता खारेजी निवेदन दिएका करदताको समयमै कर दर्ता खारेजी गरेका छौं ।

कर प्रशासनमा निकै चुनौती छन् भनिन्छ, तिनीहरुको सामना कसरी गर्दै हुनुहुन्छ ?

  • पहिले करदाता कर सहयोगीको धेरै सहयोग नलिई आपैंm आन्तरिक राजस्व कार्यालयमा आएर सेवा लिन सकून् भन्ने हाम्रो चाहना छ । यसको प्रतिशत बढाउनुपर्ने आवश्यकता छ । दोस्रो करदाता र कर प्रशासकबीच सुमधर सम्बन्ध हुनुपर्ने अवस्था छ । किनभने ‘कर’ करले तिर्ने होइन, व्यवसाय गरेपछि कमाएको नाफाबाट निश्चित प्रतिशत राज्यलाई तिर्ने हो भन्ने भावना सेवाग्राहीमा जगाउनुपर्ने आवश्यकता छ । यो कुरा सिकाउन सकेमा करदाता आपैंm कर तिर्न आउनेछन् । व्यवसाय गरेर मुनाफा आर्जन गरेपछि मैले कर तिर्नुपर्छ, यो मेरो राष्ट्रप्रति जिम्मेवारी र कर्तव्य हो भन्ने भावना आफ्सेआफ आउनेछ । आफ्नो व्यवसायको कारोबार समयमा देखाउनेछन्, कर तिर्नेछन् । यो हाम्रो चाहना हो । तेस्रो कर शिक्षा हामीले दिनुपर्ने आवश्यकता छ । हामीले करदातालाई धेरै पढायौं, अब उपभोक्तालाई पनि केही पढाउनुपर्छ कि भन्ने लागिरहेको छ । उपभोक्ता हित संरक्षण विभाग र उपभोक्ता संघसंस्थासँग मिलेर जबसम्म उपभोक्ताले बिल लिँदैन, तबसम्म उपभोक्ताको अधिकार सिर्जना हुँदैन भनेर उपभोक्तालाई जागरुक बनाउनुपर्ने आवश्यकता छ । यसका लागि जागरुक शिक्षा दिनुपर्छ भन्ने मलाई लागेको छ । यसरी शिक्षा दिएर जान सकिए कर प्रशासन सहज र पारदर्शी हुन्छ ।

तपाईं यस कार्यालयमा प्रमुख कर प्रशासक भएर आएपछि नौ महिना अवधिमा के कस्ता सुधारका काम गर्नुभयो ?

  • सुधारको प्रक्रिया निरन्तर भइरहने प्रक्रिया हो । सामान्य कुरामा पनि सुृधार ग¥यो भने त्यो पनि सुधारकै कार्य हुन्छ । मेरो अनुपस्थिति रहेको अवस्थामा तल्लो निकायलाई अधिकार प्रत्यायोजन गरेर सेवा प्रवाह गर्न सके त्यो पनि सुधारकै प्रक्रिया हुन्छ । मैले यस कार्यालयमा आउनेबित्तिकै २०७२ वैशाख १२ र २९ को भूकम्पले क्षतिग्रस्त भएको कार्यालय भवनको मर्मत गर्न टेन्डर आह्वान गरी अहिले पुरानो कार्यालय भवन मर्मत भइरहेको अवस्था छ । यही असार मसान्तभित्र मर्मतको काम सम्पन्न गर्ने गरी काम गरिरहेका छौं । हामी छिटोमा साउन पहिलो साता र ढिलोमा साउन महिनाभित्र पुरानै भवनमा सरिसक्नेछौं । भाडाको साँघुरो घरमा रहनुपर्दा हामीले समयमा सेवा प्रवाह गर्न सकेका छैनौं । छिटै यो समस्याबाट मुक्ति पाउँदैछौं । विभाग र मन्त्रालयले तोकिदिएको राजस्व असुलीको लक्ष्य पूरा गर्न हामीले फिल्डमै गएर इमानदारीसाथ कर दाताको कार्यस्थलमै गएर कर प्रशासनको कार्यसम्पादन गर्ने गरेका छौं । म आपैंmले पनि कर दातासँग सम्पर्क गरेर सिधै कार्यालयमा कर तिर्न आउन प्रेरित गरेकी छु । अहिले कर तिर्न कर सहयोगी, अडिटर, चार्टड एकाउन्टेन्ट हैन कि करदाता आपैंm आउने गरेका छन् । हामीले समयमै करदातालाई सेवा दिएका छौं । कुनै करदाताको गुनासो छैन । करदाताले सिधै मलाई भेटेर आफ्नो कुरा राख्न सक्नुहुन्छ । करदाताले मलाई गुनासो राख्न कुनै रोकतोक छैन, सिधै भेटेर आफ्नो समस्या, सेवा प्रवाह, कारोबार र करचुक्ता सम्बन्धमा कुरा गर्न सक्नुहुन्छ । यी सबै सुृधारका काम मैले गरेकी छु । अरु कुरामा पनि हामी निरन्तर सुधारको प्रक्रियामा छौं ।

अन्त्यमा, यस अनलाइनमार्पmत सेवाग्राहीलाई के सन्देश दिन चाहनुहुन्छ ?

  • यहाँहरुले तिरेको करले देशको विकास हुने हो, विकास निर्माण र सामाजिक सुरक्षाका कार्य हुने हुन् । त्यसैले करसँग डर होइन भर गरौं । यो हाम्रो नारा पनि हो । कर समयमा तिरौं, इमानदार र सम्मानित नागरिक बनौं । कर प्रशासनलाई भर गरेर राज्यलाई समयमै कर तिरौं ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org