ताजा समाचार

चीनमा पहिरोमा २० पुरिए, एकको मृत्यु

download

बेइजिङ, १७ असार । चीनमा आएको अविरल वर्षापछि गएको पहिरोमा परी शुक्रबार बिहानमात्र कम्तीमा पनि २० जना पुरिएको समाचार छ ।

शुक्रबार बिहान गएको पहिरोमा परी एक जनाको मृत्यु भएको र अरु २० जना पुरिएर रहेको समाचारमा जनाइएको छ ।

चीनको दक्षिणपश्चिमी प्रान्त गुइजोमा अविरल वर्षापछिको पहिरोमा परी ती व्यक्ति पुरिएका हुन् । पुरिएकामध्ये सात जनालाई भने उद्वार गरिएको छ ।

उद्वार गरिएका सात जनालाई अस्पताल भर्ना गरिएको छ । शुक्रबार बिहानैको सो पहिरोमा परी पुरिएकाको खोजी कार्य जारी नै रहेको भएपनि उनीहरुलाई निकाल्न सकिएको छैन ।

सो क्षेत्रमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण उद्वारको काम हुन निकै गाह्रो भएको जनाइएको छ ।

गएका केही दिनयतादेखि चीनका केही प्रान्तमा निरन्तर वर्षा भइरहेको र जसका कारण कैयौँको ज्यान गएको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org