बंगलादेशमा फेरि आक्रमण गर्ने आइएसको चेतावनी
काठमाडौं २२ असार । आतंकवादी संगठन इस्लामिक स्टेटले बंगलादेशमा फेरि आक्रमण गर्ने धम्की दिएको छ । आइएसको एक एजेन्सीले रक्काबाट एक भिडियो जारी गर्दै आक्रमणको धम्की दिएको हो ।
धम्कीपूर्ण यो भिडियोमा बंगलादेशमा रहेको शेख हसीना सरकारलाई काफिरको संज्ञा दिएको छ । बंगाली भाषामा जारी यस भिडियोमा देखिएका तीनजना युवा पनिस बंगलादेशी मूलकै रहेका छन् ।
यी मानिसको पहिचान हुन भने सकेको छैन । बंगलादेशको सरकारको तर्फबाट यस मामिलामा अहिलेसम्म कुनै धारणा आएको छैन ।
बुधवार यो भिडियो यू-ट्यूबमा हालिएको थियो । यसमा आइएसले ‘मुजाहिदोन’ (जो मुस्लिविरुद्ध लडिरहेका छन्) र ‘मुजाहिद देश’ माथि हमला गर्ने धम्की दिइएको छ ।
भिडियोमा देखिएका एक व्यक्तिले भने, ‘हामी मुजाहिदोनको हत्या गर्न जब बन्द गर्छौं तब तबसम्म हामी जित्दैनौ ।हामी आफ्नो ज्यान दिइरहन्छौं । हामीसँग गुमाउनका लागि केही पनि बाँकी छैन ।’
दोस्रा ब्यक्तिले बंगलादेश सरकारलाई काफिरको संज्ञा दिए । ”सरकारले अल्लाहको कानुन बदलेर मानिसको कानुन लागू गर्यो । अब यिनीहरु काफिर हुन् ।’
‘उनीहरुले आफ्नो धर्मअनुसार यिनीहरुविरुद्ध लड्नु हाम्रो कर्तब्य हो’, आइएसका कार्यकर्ताले भनेका छन्, ‘मुजाहिदले बम धमाकाबाट संसारभर निर्दोष मुस्लिमको ज्यान लिइरहेकाले हामी प्रतिरोधमा उत्रेका हौं ।’
तेस्रा ब्यक्तिले मुस्लिसँग जिहादका लागि आइएसमा आउन अपिल गरेका छन् । १ जुलाईको राति ढाका कडा सुरक्षा हुने गुलशन कुटनीतिक क्षेत्रस्थित एक रेस्टुरेन्टमा ‘अल्लाह हु अकबर’ नारा लगाउँदै पुगेका आतंकवादीहरुले ४० जनालाई बन्धक बनाएका थिए ।
जसमध्ये १८ जनालाई बचाउन सकिएको थियो भने २२ जना मारिएका थिए । मारिनेहरुमा धेरैजसो इटाली र जापानका थिए ।
हमलाको १० घन्टापछि एक सय कमान्डोले ६ जना आतंकवादीलाई गोली हानी मारेका थिए । एकजना भने भाग्न सफल भएको बताइएको थियो ।
आइएसको एक समाचार एजेन्सीले ५ आतंकवादी र हमलाको तस्बिर पनि सार्वजनिक गर्दै घटनाको जिम्मेवारी लिएको छ ।
तर बंगलादेशी सरकारले भने यो हमलामा आइएसको संलग्नता इन्कार गर्दै स्थानीय समूहकै हात रहेको दाबी गरेको थियो । एजेन्सी
Comments
अरु समाचार
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका...
-
सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र...
-
आज राष्ट्रिय सूचना दिवस: सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा जोड
काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास...
-
एप्पलका ९० देशका प्रयोगकर्तालाई साइबर आक्रमणको खतरा
काठमाडौं । प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई फरक तरिकाले साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गराएको छ ।...
-
फेसबुक र इन्स्टाग्राममा समस्या देखियो
काठमाडौं । मेटा कम्पनीको फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । केही दिन अघि मात्रै लगईन नै नहुने समस्या आएको...
-
फेसबुक चल्न थाल्यो, समस्या हट्यो
काठमाडौं । विश्वभर एक्कासि समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । अवरुद्ध भएको करिब एक घण्टापछि फेसबुक चलेको...
-
वैज्ञानिक सम्मेलनमा प्रधानमन्त्रीको जोड– सुशासनलाई सार्थकता दिन ‘पेपरलेस’ प्रणाली आवश्यक
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने...
-
सामाजिक सञ्जालको पहुँचसँगै उत्तरदायित्वसहितको पत्रकारिता गर्न सञ्चारविज्ञको सुझाव
काठमाडौँ । युट्युबसहित सामाजिक सञ्जालले पहुँचसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा सञ्चारका विज्ञहरूले राख्नुभएको छ । प्रेस काउन्सिल...