ताजा समाचार

दुबईमा निर्माणाधीन गगनचुम्वी भवनमा आगलागी

dubai_fire_3538879bदुबई, १५ भदौ । संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा एक २८ तले विशाल भवनमा मङ्गलबार आगलागी हुँदा त्यहाँ कार्यरत सयौँ कामदार भागेर ज्यान बचाउन सफल भएका स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

आगलागीका कारण कसैको मृत्यु भएको खबर भने प्राप्त भएको छैन ।

गगनचुम्बी भवनमा आगलागी भएपछि सयौँ कामदार भागेर ज्यान बचाउन सफल भएका थिए भने दमकल तथा हेलिकोप्टर भवनभित्र बाँकी रहेका कामदारलाई उद्धार गर्ने कार्यमा तत्कालै जुटेका युएइबाट प्रकाशन हुने दैनिक पत्रिका द नेशनलले बताएको छ ।

स्थानीय समयानुसार करिब १०ः३० बजेको समयमा आगलागी सुरु हुँदा भवनको सबै भागमा मजदुरका समूहहरु आफ्नो काममा व्यस्त रहेका त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

भवनको अधिकांश काम सकिएको अवस्थामा यहाँ कार्यरत मजदुरले भवनको फिनिसिङ (अन्तिम चरणको काम) गर्दै थिए । – सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org