ताजा समाचार

ओलम्पिकका लागि घुस दिएको छैन : जापान

timthumb
काठमाडौं, १७ भदौ ।  सन् २०२० को ओलम्पिक आयोजनाको जिम्मेवारी पाउन जापानले कसैलाई घुस नदिएको प्रमाणित भएको छ। फ्रेन्च न्यायाधिसले बिहिबार फैसला सुनाउने क्रममा टोकियो ओलम्पिक आयोजनाका लागि जापानी पदाधिकारीले घुस ख्वाएको प्रमाण नभेटिएको स्पष्ट पारेका छन्।
यसअघि टोकियोमा ओलम्पिक आयोजनाको जिम्मा पाउनुअघि जापानी पदाधिकारीले एउटा कन्सल्टेन्सी फर्ममार्फत अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का पदाधिकारीहरूलाई सिङ्गापुरी पैसामा २० लाख ५ हजार अमेरिकी डलर घुस ख्वाएको आरोप लागेको थियो।
आइओसीका सदस्य तथा विश्व एथलेटिक्स महासंघका पूर्व अध्यक्ष लामिन डियाकका छोराको खातामा अनावश्यक पैसा ट्रान्सफरको घटना बाहिर आएपछि जापानले भोट किन्न घुस ख्वाएको आरोप लागेको थियो।
यस सम्बन्धमा लामिन र उनका छोरा पापा मासाटा डियाकलाई फ्रेन्च अधिकारीले छानवीन गरिरहेका थिए। जापानले इस्तानाबुल र म्याड्रिडलाई पछि छोडेर सन् २०२० को ओलम्पिक आयोजनाको जिम्मेवारी पाएको थियो।एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org