ताजा समाचार

मत्स्य उत्पादन गर्न अनुदान

रत्ननगर (चितवन), ३१ भदौ । जिल्ला कृषि विकास कार्यालयले मत्स्य उत्पादनका लागि ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ ।

जिल्लाका २९ किसानका लागि रु २० लाखको मत्स्य उत्पादन तथा उत्पादकत्व वृद्धि कार्यक्रम सुरु गरेको मत्स्य विकास अधिकृत परशुराम यादवले जानकारी दिनुभयो । कार्यालयले २१ दिने सूचना जारी गरी निवेदन माग गरेको छ ।

उक्त कार्यक्रमअन्तर्गत माछामार्ने महाजाल, डिफ्रिज र एरिएटर वितरण, ह्याचरी सुदृढीकरण, उन्नत जातको माउमा अनुदान र सीमान्तकृत समुदायका लागि अनुदानका कार्यक्रम रहेका छन् । कार्यक्रममार्फत १० वटा कृषक समूहका लागि महाजाल, चार किसानलाई डिफ्रिज र पाँच किसानलाई एरिएटर उपलब्ध गराइनेछ ।

यस्तै तीनजना किसानलाई ह्याचरी सुधारका लागि उन्नत जातको माउ माछा वितरण तथा सातजना सीमान्तकृत कृषकका लागि साझेदारीमा करेसा पोखरी निर्माणमा अनुदान दिइने छ । जिल्लामा एक हजार २५३ किसानले ५३९ हेक्टर जलाशयमा माछापालन गरेको कृषि कार्यालयले जनाएको छ । गत आवमा जिल्लामा दुई हजार ३७२ मेट्रिक टन माछा उत्पादन भएको थियो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org