ताजा समाचार

इपी प्रमुख सुल्जद्वारा इयू सम्मेलनले एकताको सन्देश दिने विश्वास व्यक्त

euflagब्राटिस्लाभा (स्लोभाकिया), १ असोज । युरोपियन पार्लियामेन्ट (इपी) प्रमुख मार्टिन सुल्जले सम्मेलन पूर्वको द्विपक्षीय छलफलबाट हामी युरोपिएन युनियन (इयू)को ब्राटिस्लाभा सम्मेलन एकता र वार्ताको सम्मेलन बन्नेमा विश्वस्त भएको बताउनुभएको छ ।

इयू नेताहरुले इयूको भविष्यका बारेमा गहिरो अध्ययन एवम् छलफल गरी यस संस्थालाई आलोचित हुनबाट जोगाउने कार्यमा विशेष योगदान गर्नेछन् सुल्जले शुक्रबार प्रेस सम्मेलनमा बताउनुभयो ।

ब्रसेल्सको इयू सम्बन्धमा भएको राष्ट्रिय विवास समग्र इयूका लागि घातक बन्न सक्ने कुरामा सचेत बन्दै सम्पूर्ण इयू सदस्यहरु यसको उन्नतिका लागि काम गर्नेछन्, सुल्जले बताउनुभयो ।

शरणार्थी सङ्कट समाधान गर्न तोकिएको अनिवार्य हिस्सा सम्बन्धी कानुनको अन्त्य भए पनि यस स्वैच्छिक आधारमा समाधान गर्ने कुरा स्थापित भएको छ भन्दै सुल्जले यसमा आफ्नो सहयोग रहने बताउनुभयो ।

उहाँले बेलायत तथा इयूको सम्बन्ध बारेमा चर्चा गर्दै यो दुवैका लागि फाइदाजनक रहेको बताउनुभयो । उहाँले बेलायत इयूबाट बाहिरिने निर्णय गरिसकेको अवस्थामा यस प्रक्रियालाई ढिलाइ गर्नु दुवैका लागि हानिकारक बन्ने बताउनुभयो ।

उहाँले ब्रसेल्स र लण्डनबीचको आर्थिक सम्बन्धका विषयमा लिसवन सहमतिको धारा नं ५० कार्यान्वयनमा आएपछि छलफल हुने बताउँदै यो बेलायतले इयूबाट बाहिरिनका लागि औपचारिक रुपमा निवेदन दिएपछिको कुरा हो भन्नुभयो । – सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org