कुमाल समुदायको पेसा सङ्कटमा
दाङ, ४ असोज । यहाँका कुमाल समुदायको माटोको भाँडा बनाउने पेसा सङ्कटमा पर्न थालेको बताएका छन् ।
परम्परादेखि अपनाउँदै आएको माटोका भाँडा बनाउने पेसा आवश्यक कच्चा पदार्थ अभावका कारण सङ्कटमा परेको कुमाल गाउँ शान्ति उत्पादन समूहका अध्यक्ष प्रेमबहादुर कुमाल बताउनुहुन्छ ।
भाँडा निर्माण गर्न आवश्यक माटो, दाउरा, पराल, गुइँठालगायत कच्चा पदार्थको अभावका कारण माग अनुरुप भाँडाकुँडा बनाउन नसकिएको उहाँले बताउनुभयो । तुलसीपुर– १५ पर्सेनिमा बस्दै आएका ५२ कुमाल परिवारले माटोका भाँडा बनाउँदै आएका छन् ।
भाँडा बनाउनका लागि तुलसीपुर– १५ कालाखोलाको मटेराबाट माटो लिने गरेपनि सो स्थानमा प्रर्याप्त माटो पाउन छाडेको छ । “अब चाडपर्व सुरु भएका छन् बजारमा माटोका सामग्रीको माग छ, तर कच्चा पदार्थ नहुँदा पेसा सङ्कटमा छ,” उहाँले भन्नुभयो ।
दशैँ-तिहारका लागि कुमालले पाला, घोडा, कराइ, गमला, ठेकी, करुवा, हाडी बनाउने गरेका छन् । बजारमा माटोका भाँडाको माग अत्यधिक रहेको छ । तर कच्चा पदार्थ सहज रुपमा उपल्ब्ध नहुँदा समस्या भएको छ ।
एउटा करुवा ४०० रुपैयाँ र पाला २० रुपैयाँमा बिक्री गर्दैआएको स्थानीय बदाउरी कुमालले बताउनुभयो । दसैँका लागि आवश्यक भाँडा बनाउन थालेपनि कच्चा पदार्थको अभाव भएको उहाँले बताउनुभयो । कुमाल गाउँ शान्ति उत्पादन समूहअन्तर्गत पेसालाई आधुनिकरण गर्नका लागि तालिम समेत दिइएको र सो तालिमले माटोका भाँडा उत्पादनमा सहज भएको अध्यक्ष कुमाल बताउनुहुन्छ ।
सो समूहलाई पेसा सुनिश्चिता तथा बजारीकरणका लागि गरिबी निवारण कोषअन्तर्गत जापानि सामाजिक विकास कोष कार्याक्रमले ६ लाख ३४ हजार रुपैयाँ लगानी गरेको हो । रासस
Comments
अरु समाचार
-
राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग
काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय...
-
‘साना तथा मझौला उद्योग प्रवर्द्धनको प्रयासमा उद्योग वाणिज्य महासंघ’
काठमाडौँ, २ असोजः नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ...
-
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको ५५ प्रतिशत काम सकियो
काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत काम सकिएको छ ।...
-
नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो
काठमाडौं । यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५०...
-
चितवनमा बिक्री भएन पाँचसय मेट्रिक टन मह
काठमाडौं । यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन...
-
पहेलो धातुको मूल्य हाल सम्मकै उच्च
काठमाडौं । बहुमूल्य पहेलो धातु(सुन)को मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिन प्रतितोला पाँच सय रुपैयाँले बढेको...
-
विदेशी मुद्राको विनिमय दर : आज अमेरिकी डलरको मूल्य बढेन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको...
-
पेट्रोलकाे प्रतिलिटर चार र डिजेलको पाँच रुपैयाँ मूल्य घटाइयो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको...
-
झापाको मेचीनगरस्थित होटेल मेची क्राउन चारवर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश
काँँकडभिट्टा । झापाको मेचीनगरस्थित होटेल मेची क्राउनले चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ । संस्कृति, पर्यटन तथा...