ताजा समाचार

इराकी सिरकुट शहर पुनः नियन्त्रणमा, झडपमा तेत्तीस लडाकूको मृत्यु

iraq-armyटिकरिट (इराक), ७ असोज । इरानी सैनिकले बिहीबार यसअघि इस्लामिक लडाकू समूहद्वारा नियन्त्रणमा लिइएको सिरकुट सहरलाई बिहीबार पुनः नियन्त्रणमा लिएको छ ।

सहरलाई पुनः नियन्त्रणमा लिने क्रममा भएको सरकारी सेना र विद्रोही लडाकूबीचको झडपमा ३३ जना विद्रोही लडाकूको मृत्यु भएको सलाहुद्दिन प्रान्तको सुरक्षा स्रोतबाट थाहा भएको छ ।

सरकारी सेना तथा सुन्नी समूहका अर्धसैनिक लडाकूको प्रत्यक्ष संलग्नतामा अमेरिकी नेतृत्वको इराकी विमानद्वारा समेत भएका कारबाहीपछि यसअघि विद्रोहीले नियन्त्रणमा लिएका स्थानीय सरकारी कार्यालय, मुख्य अस्पताल र प्रहरीको प्रान्तीय मुख्यालयलाई लिन सफल भएको एक सैनिक अधिकारीले आफ्नो नाम गोप्य राख्ने सर्तमा बताए ।

सिरकटमा पाएको सफलतापछि सरकारी फौजले अब बग्दादबाट करिब ४०० किलोमिटर टाढा रहेको इराकको दोस्रो ठूलो सहर मोसुललाई लक्षित गरी कारबाही सुरु गर्ने योजना रहेको उनले बताए ।

मोसुल विगत दुई वर्षदेखि इस्लामिक आतङ्कवादी सिया समूहको नियन्त्रणमा रहेको छ । –एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org