ताजा समाचार

भारतीय सेनाको कारबाहीमा केपिएलटीका छ लडाकूको मृत्यु

security-forces-l-ptiनयाँ दिल्ली (भारत), ८ असोज भारतीय सेना र कर्बी पिपल्स लिबरेसन टाइगर्स (केपिएलटी) समूहबीच शुक्रबार उत्तरपूर्वी आसाममा भएको झडपमा छ जना विद्रोही लडाकूको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।

कर्बी आङलोङ जिल्लामा शुक्रबार बिहानै भएको दोहोरो गोली हानाहानमा उनीहरुको मृत्यु भएको हो ।

केपिएलटी समूहका लडाकूले गस्तीमा रहेको सैनिक अधिकारीमाथिजङ्गलमा लुकिछिपी आक्रमण गरेका र सेनाको प्रत्याक्रमणबाट उनीहरुको मृत्यु भएको सेनाले बताएको छ । घटनामा एक सरकारी सेना घाइते भएको बताइएको छ । – एपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org