भारतीय सैनिक उच्च अधिकारीद्वारा प्रधानमन्त्री मोदीसँग भेट
नयाँदिल्ली, ९ असोज । भारतीय सेनाका सैनिक प्रमुख, हवाई बल तथा नौसेनाको उच्च पदस्थ अधिकारीले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट गरी मुलुकको सुरक्षा अवस्थाबारे छलफल गरेका अल इन्डिया रेडियोले जनाएको छ ।
सैनिक प्रमुख जनरल दलवीर सिं, वायुसेना प्रमुख मार्सल अरुप राह र नौसेनाका उपप्रमुख करवीर सिंले भारतीय प्रधानमन्त्री मोदीको निवासमा देशको सुरक्षा अवस्थामा छलफल भएको उक्त सरकारी रेडियोले आफ्नो प्रसारणमा जनाएको हो ।
भेटका क्रममा भारत प्रशासित कास्मिरको उरी क्षेत्रमा चारजना बन्दुकधारीले गरेको आक्रमण र यस पछाडि यहाँको सुरक्षा अवस्थालगायतका कुरामा छलफल भएको बताइएको छ ।
यसै हप्ताको सुरुमा उरीमा भएको आक्रमणमा १८ जना सैनिक अधिकारीको मृत्यु भएको थियो भने २० सैनिक घाइते भएका थिए । उरी घटनापछि पाकिस्तान र भारतबीतको सम्बन्धमा चिसोपना छाएको छ ।
नयाँदिल्लीले उरी आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ । उरी आक्रमणपछि केही भारतीय राजनीतिज्ञ तथा पूर्व सैनिकले आक्रमणप्रति कला प्रतिक्रिया दिइनुपर्ने बताएका छन् ।
पाकिस्तानले भने भारतीय पक्षबाट लगाएको आरोपको खण्डन गर्दै भारतीय पक्षबाट आएका प्रतिक्रियाप्रति विशेष चासो व्यक्त गरेको छ ।
उरी आक्रमणपछि भारतीय सरकारका उच्च अधिकारी तथा सैनिक अधिकारीको निरन्तर भेट तथा छलफल भइरहेको र यसबाट आगामी कूटनीतिक तथा रणनीतिक प्रतिक्रिया जनाउने योजना बनिरहेको विश्लेषकहरुको भनाइ छ ।
यसैबीच, शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने बताउनु भएको छ ।
पाकिस्तानले एसियामा अस्थिरता निम्त्याउने कार्यमा लागेको आरोप लगाउनु भएको छ ।
उहाँले गएका चार महिनामा भारतीय सुरक्षा फौजले ११० जना आतंकबादी समूहमा सदस्यले युद्धविरामको रेखालाई काश्मिर इलाकामा काटेको बताउनु भएको छ ।
एसियामा खासगरी बङ्गलादेश र अफगानिस्तानमा आतंकवादी गतिविधि पाकिस्तानको उक्साहटका कारण भएका दावी गर्नुभयो ।
उहाँले पाकिस्तानलाई चेतावनीको शब्दमा भन्नुभयो, “म पाकिस्तानलाई एक्लाउने अभियानस्वरुप अवका दिनमा विश्व समुदायसँग पहल शुरु गर्नेछु”। एपी
Comments
अरु समाचार
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
काठमाडौं । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा गर्दै आएका छन् । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि...
-
‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका...
-
आजको राशिफल: २०८१ जेठ ५ गते शनिवार
मेष: स्वास्थ्य कमजोर रहनाले व्यवसायमा बाधा पुग्नेछ। प्रगतिमाथि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। परिस्थितिसँग सम्झौता...
-
निकुञ्ज घुम्ने विदेशी पर्यटक बढे
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज...
-
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ
काठमाडौं । कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी...
-
सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती...
-
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
काठमाडौं । विराटनगर महानगरपालिकाले भौतिक संरचनाको विकाससँगै स्वास्थ्य र शिक्षालाई पनि उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको बताएको छ ।...
-
काठमाडौँ उपत्यकामा पनि तापक्रम बढ्ने
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित...