ताजा समाचार

हेयर स्टाइलिस निलडेविट अब फेसन डिजाइनर पनि

काठमाडौँ, १० असोज । स्थापित हेयर स्टाइलिसको परिचय बनाएका नेपालका निलडेविट कटुवाल अब फेसन डिजाइनिङको क्षेत्रमा पनि सक्रिय भएका छन् ।

neeldavid

सोमबार काठमाडौँमा उनले तयार गरेका पहिरनहरु ‘ट्रङ्क’ शो मार्फत सार्वजनिक गरिएको छ । उनले भारतको कोलकात्ताका स्थापित फेसन डिजाइनर अनु खेमकासँग सहकार्य गरी पर्सियन (फारसी) पहिरन तयार गरेका पहिरन सार्वजनिक गरिएको हो ।

नेपालका व्यावसायिक मोडलहरु निलडेविटले तयार गरेको पहिरनमा शोमा प्रस्तुत भएका थिए । धेरैजसो महिलाका पहिरनलाई प्राथमिकता दिइएको पहिरन पार्टी वेयर, लेहेङ्गा, कुर्तासुरुवाल र सारी रहेका छन् । उनको अर्को फेसन सो अक्टोबर १४ अर्थात् असोज २८ गते कोलकात्ताको ताज बङ्गाल होटलमा हुने भएको छ ।

उनले अब चाँडै नै‘‘एनडिके एन्ड सिफन फेसन वेयर ब्रान्ड’ काठमाडौँमा सञ्चालन हुने बताए । ‘‘आफ्नो ब्रान्ड नेपालमा स्थापित गरी नेपाली मौलिकतालाई विशेष ध्यान दिएर अन्तर्राष्ट्रिय बजारमा पनि चिनाउने सपना छ’, निलडेविटले भने ।

नेपालमा फेसन डिजाइनिङको कलेज खोल्ने र नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको कोर्ष सिकाउने लक्ष्य रहेको उनको भनाइ छ । रासस/कल्पना पौडेल

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org