ताजा समाचार

ऐश्वर्या र रणबीरको ‘किसिङ् सिन’ले ल्यायो बच्चन परिवारमा भूकम्प !

११ असोज । बलिउडका महानायक अर्थात् बिग बि अमिताभ बच्चन सार्वजनिक रुपमा ऐश्वर्या राय बच्चनलाई लिएर कुनै कुरा उठाउँन सक्दैनन्, किनकि बिग बि समाजका सबै खाले महिलालाई अगाडि बढाउँनका लागि समाजका अन्य मानिसलाई प्रेरित गरिरहेका हुन्छन् ।

Ranbir_Aisworya

यस्तो अवस्थामा यदि उनले ऐश्वर्यालाई लिएर आफ्नो रिस सार्वजनिक गरे भने उनलाई लिएर पक्कै आलोचना हुनसक्छ । तर, यो सत्य हो कि जब फिल्म ‘ऐ दिल हे मुश्किल’मा ऐश्वर्या र रणबीर कपूरको रोमान्स (किसिङ, बोल्ड) दृश्यका खबर, पोस्टर, टीजर, ट्रेलर सार्वजजिक भए, तबदेखि बच्चन परिवारमा भूइँचालो गएको छ ।

हालै, एक अन्तरक्रिया कार्यक्रमको अवधिमा अमिताभलाई फिल्म ‘ऐ दिल है मुश्किल’बारे प्रश्न गरियो । उनले जवाफमा भने, ‘मैले फिल्मको ट्रेलर हेरेको छैन ।’ यो जवाफले उनी रिसाएको अन्दाज लगाउँन सकिन्छ । यसअघिका फिल्म ‘जज्बा’ र ‘सरबजीत’मा ऐश्वर्याको अभिनयबारे जमेर तारिफ गरेका थिए र ट्रेलर र पोष्टरलाई आफ्नो ट्विटरमा पनि पोष्ट गरेका थिए । तर, यस फिल्मलाई बिग बिले केही प्रतिक्रियासम्म दिएका छैनन् । यता दर्शक भने यस फिल्मको खुब पर्खाईमा छन् ।

के ऐश्वर्या र रणबीरको बोल्ड सिनले बच्चन परिवारमा साच्चिकै केही असर नगर्ला त ? किनकि ऐश्वर्याका पति अभिषेकले पनि यस फिल्मबारे केही बोलेका छैनन्, न सामाजिक सञ्जालमा न त फिल्मी मिडियामा ।

फिल्म सुटिङ हुने अघि नै किसिङ बोल्ड सिनलाई लिएर बच्चन परिवार रिसाएर यस्ता दृश्य नराख्न करण जोहरलाई लगाएका थिए । करण जोहर न परे आखिर फिल्म सुट गरिहाले । फिल्मको रिलिज मिति पनि तय भइसकेको छ । अक्टोबर २८ बाट रिलिज युने यस फिल्ममा ऐश्वर्या र रणबीरका अलावा फवाद खान र अनुष्का शर्माको पनि अभिनय रहेको छ । एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org