ताजा समाचार

सेक्सी देखिन प्रियंकाले कति खर्च गर्छिन् ?

priyanka-chopra-181214

११ असोज । हिजोआज अभिनेत्री प्रियंका चोपडा बलिउडदेखि हलिउडसम्म आफ्नो सुन्दरताको ताकत छरिरहेकी छिन् । प्रियंका जति बोल्ड र सेक्सी देखिन्छिन्, उति नै सुन्दर छिन् र प्रियंकाले आफ्नो सुन्दरतालाई निखार्न पनि निकै खर्च गर्छिन् ।

मिडिया रिपोर्टअनुसार, प्रियंकाले आफ्नो सुन्दरताका लागि प्रत्येक महिना करिब एक लाख भरतीय रुपैयाँ खर्च गर्ने बताइएको छ । उनको छालाको स्याहारका लागि मात्रै प्रत्येक महिना ७० हजार खर्च गर्छिन् । त्यस्तै, मेकअप र हेयरस्टाइलको ६० हजार रुपैयाँ प्रत्येक महिना खर्च गर्छिन् । यस बाहेक २० हजार परफ्युममा मात्र खर्च गर्छिन् ।

आजकल उनीसँग बलिउडको कुनै प्रोजेक्टमा काम गर्ने समय नै छंैन । उनको पहिलो अमेरिकी टेलिभिजन शो ‘क्वाटिको’को सिजन २को प्रसारण सुरु भइसकेको छ । ‘क्वाटिको’को माध्यमबाट हलिउडमा पनि आफ्नो कदम राखिन् र सफल पनि भइन् ।

जानकारी रहोस्, हालै फोब्र्स पत्रिकाको विश्वका सबैभन्दा बढी कमाउँने टिभी अभिनेत्रीको लिस्टमा पहिलो बलिउड अभिनेत्री बनेकी छिन् । उनी अब हलिउड फिल्म ‘बेवाच’मा एकदमै बोल्ड भूमिकामा देखिने छिन्, जुन प्रियंकाको पहिलो हलिउड फिल्म हुनेछ । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org