ताजा समाचार

एक्स्पो सँगैे सर्भिस सेन्टरमा अवलोकनकर्ताको भिड

1

काठमाडौं, १२ असोज । नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा आकर्षक छुट र पुरस्कार भएको सामसङ ग्यालेक्सी जे२ सिक्स सिटिसी मोबाइल एक्स्पो २०१६ मा अबलोकनकर्ताको चासो डेढ दर्जन सर्भिस सेन्टरमा बढेको छ ।

उपत्यकाका जुनसुकै मोबाइल पसलमा मोबाइल खरिद गरेपनि केहि समस्या आए सिटिसी मलमा रहेका सर्भिस सेन्टरमै आउनुपर्ने भएकाले पनि चासो बढेको एक्स्पोमा आएका अबलोकनकर्ता बताउँछन् ।

एकै छाना मुनी डेढ दर्जन मोबाइल कम्पनीहरुले सर्भिस सेन्टर संचालनमा ल्याएको मोबाइल बजारमा जियोनी, लाभा, कार्बन, पानासोनिक, स्पाइस, हुवावे, माइक्रोम्याक्स, वन प्लस वन, एमआई, सामसङ, सेल्कन, टचकन, किवी, वीनकम, फ्लाई र ओबिआई मोबाइलले आफ्नो सर्भिस दिइरहेका छन् ।
न्युरोड लगायतका क्षेत्रमा पार्किङको अभाब भएका कारण धेरै जसो मोबाइल कम्पनीले सर्भिस सेन्टरलाइ खुल्ला र ठूलो क्षेत्रफलमा बिभिन्न सुबिधा सहित सिटिसी मलमा स्थापना गरिसकेका छन् ।

शुक्रबारदेखि सुरु भएको एक्स्पोमा ५ दिन सम्म ८० हजारले अलवोकन गरिसकेका छन् ।
एक्स्पोमा भर्खरै नेपाली बजारमा भित्रिएका युएमआई, ओप्पो, मेजु लगायतका मोबाइलबारे पनि अवलोकन कर्ताहरुले बिशेष जानकारी मागिरहेका छन् ।

असोज १५ गतेसम्म सञ्चालन हुने एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई मनोरञ्जन दिनका लागि बिभिन्न मोबाइल कम्पनीका टिसर्ट लगाएका कलाकारहरुले सांगीतिक प्रस्तुति समेत दिईरहेका छन् । त्यसका अलावा बिभिन्न खेलका माध्यमबाट पनि अवलोकन कर्ताहरुलाई अतिरिक्त मनोरञ्जन दिईएको छ ।

3

5

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org