ताजा समाचार

पाकिस्तानी कलाकारलाई भारत छोड्ने धम्कीबारे सैफ अली खानले यस्तो बोले

१२ असोज । हालै, जम्मु–काश्मिरको उरी क्षेत्रमा भएको आतंकवादी हमलामा १८ सैनिक मारिएपछि भारतीय सरकारले पाकिस्तानी कलाकारलाई भारत छोड्ने धम्कि दिएको छ ।

saif

यसबारे बलिउडका विभिन्न कलाकारले आ–आफ्नै प्रतिक्रिया दिनेक्रम जारी छ । अभिनेता सैफ अली खानले भारतीय फिल्म उद्योग भारतबाहिरका प्रतिभाहरुका लागि पनि खुला रहेको, तर यहाँ कसलाई काम गर्न दिने भन्ने निर्णय भारत सरकारले गर्नुपर्ने बताएका छन् ।

पछिल्लो हप्ता महाराष्ट्र नवनिर्माण सेनाले फवाद खान र माहिरा खानलगायत पाकिस्तानी कलाकार भारत छोड्ने धम्की दिएको थियो । एक ‘अवार्ड समारोहमा बल्दै ४६ बर्षिय खानले भने, ‘फिल्मी उद्योग विश्वका प्रतिभाहरुका लागि खुल्ला छ, खासगरी भारत बाहिरबाट आउनेहरुका लागि । हामी कलाकार हौँ र हामी प्रेम तथा शान्तिका बारेमा बोल्छौ । तर, यहाँको कसलाई काम गर्न दिने, कसलाई नदिने भन्ने सरकारले फैसला लिनुपर्छ ।’

करण जोहर, हंसल मेहता, अनुराग कश्यप, वरुण धवन र राकेश ओमप्रकाश मेहरा आदि कलाकारले यसअघि भारतमा पाकिस्तानी कलाकारलाई बहिष्कारको मागमाथि आफ्नो बिचार दिइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org