ताजा समाचार

नव गायिका रमिला गौतमको पहिलो गीति एल्वम बजारमा

14528257_1124292314318286_1344411285_n

मधुसुधन ओझा/दक्षिण कोरिया, १२ असोज । नेपाली सांगीतिक क्षेत्रमा नव उदयमान गायिका रमिला गौतमको पहिलो गीति एल्वम  ‘पूmलको छाँयाले’ आएको छ ।

इपिएस भिषा मार्फत् कोरिया प्रवेश गरेकी पोखरा ल्वाङग घलेल इदि खोलाकी गौतम र गायक सि.डी. बिजय अधिकारिको स्वरमा रहेको उक्त दोहारी शैलीको गीतलाई सिडीएम म्युजिक क्रियशनले बजारमा उपलब्ध गराएको हो ।
गीतकार भरत सुवेदीको शब्द रचना संगीतकार अधिकारी तथा राजु कार्कीको संगीत संयोजकत्वमा बनेको उक्त म्युजिक भिडियोमा चर्चित मोडल पार्वती राई र नायक शिवन पोख्रेलका साथमा अन्य कलाकारहररुले अभिनय गरेका छन् ।
कोरियाको कार्य ब्यस्तताका बावजुद पनि नेपाली लोक गायन क्षेत्रमा लागि पर्ने गायिका गौतम कोरियामा विभिन्न संघसंस्थाले आयोजना गर्ने नेपाली कार्यक्रममा आफ्नो प्रस्तुति दिदै आएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org