ताजा समाचार

‘लालटिन’ फिल्मका गीत यूट्युबबाट सार्वजनिक

laltin-nepali-moviकाठमाडौं । प्रदर्शन मिति आउन अझ धेरै समय बाँकी छ । तर चलचित्र ‘लालटिन’ले आफ्नो प्रचार प्रसार सुरु गरिसकेको छ ।

यसै सिलसिलमा चलचित्रले पूरै अडियो गीत सार्वजनिक गरेको छ । जुकवक्समार्फत गीतहरू युट्युवमा सार्वजनिक गरिएको हो । जुकवक्स पाँच गीत समावेश छन् ।

सार्वजनिक गीतहरूमा स्वर आस्था राउत, सोमिया बराइली, विनोद ढकाल, किरण माइकल र वोनी श्रेष्ठको छ । केही पार्टी गीत त रोमान्टिकसँगै सार्वजनिक भएका वियोगान्त गीत कर्णप्रिय छन् ।

युवापुस्ताको मन मस्तिष्कमा बस्ने शब्द तथा संगीत लोकप्रिय हुने आशा निर्माण टिमले लिएको छ । एम सन्स पिक्चर्सको व्यानरमा भानुप्रताप प्रस्तुतकर्ता रहेको चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।

चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, राज कटुवाल, केकी अधिकारी, अर्जुनजंग शाही, मेलिना मानन्धर, भानुप्रताप जनक बर्तौला, रिया श्रेष्ठ लगायतको अभिनय छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org