ताजा समाचार

लोकप्रिय गायक आतिफ असलमको कन्सर्ट रद्द, पाकिस्तानी कलाकारलाई जताततै रोक !

१४ असोज । पाकिस्तानी गायक आतिफ असलम पास्तिानमा मात्रै होइन, भारतमा पनि निकै लोकप्रिय छन् । आतिफ बलिउड उद्योगमा निक्कै जमेका गायक हुन् । आगामी १५ अक्टोवरमा भारतको हरियाणामा हुने कन्सर्ट रद्द गरिएको छ ।

atif-aslam-photo

त्यहाँको प्रशासनले कन्सर्ट व्यावस्थापक समूह ‘कन्सेप्टइन्टरटेनमेन्ट’लाई कार्यक्रम रद्द गर्ने सल्लाह दिएको छ । कन्सर्ट आयोजकले पनि उरी हमला भए लगत्तैदेखि कुनै पनि सांगीतिक कार्यक्रम अनिश्चितकालका लागि नगर्ने निर्णय गरेका बताएको छ ।

‘सशस्त्र बल र सिमामा तैनाथ सैनिकको भावनामाथि विचार गर्दै जिल्ला प्रसाशनले कन्सर्ट आयोजकलाई आतिफ आसमको कन्सर्ट रोक्न सल्लाह दिएको हो’ एक स्थानीय अगुवाले भने ।

pakistani

यता मुम्बईको फिल्म निर्माताहरुको संगठन ‘इन्डियन मोशन पिक्चर्स एसोसिएशन’ (इम्पा)ले पनि एक प्रस्ताव पारिद गर्दै उरी हमलालाई मध्यनजर गर्दै पाकिस्तानी कलाकारलाई भारतीय फिल्ममा काम गर्न रोक लगाएको छ ।

इम्पाका अध्यक्ष तथा निर्माता टीपी अग्रवालले यस संस्थाको सदस्य निर्माता कुनै पनि पाकिस्तानी कलाकारलाई हिन्दी फिल्ममा काम दिन नपाउने बताएका छन् । इम्पाका अर्का सदस्य अशोक पंडितले यस संस्थाको मूलुकप्रतिको जिम्मेवारी महशुस गर्दै यो प्रस्ताव पारित गरिएको हो र स्थिति सामान्य नभएसम्मका लागि पाकिस्तानी कलाकार र प्राविधिकलाई यहाँ प्रतिबन्ध हुने बताए । एजेन्सीको सहयोगमा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org