ताजा समाचार

धुर्मुस-सुन्तली मैथिली फिल्ममा बने लखनभाई र लक्षुमनिया

dhurmus-suntali-munni-2

न्युज-नेपाल संवादाता/काठमाडौ । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) मैथिली फिल्ममा देखिएका छन् । बाल बिवाह र चेलीबेटी बेचबिखन विरुद्धको फिल्म मुन्नीमा उनीहरु लखनभाई र लक्षुमनियाको भूमिकामा देखिएका हुन् ।

समाजसेवासँगै सन्देशमुलक फिल्म निर्माणमा लागेका धुर्मुस सुन्तलीको बालमैत्री स्थानीय शासनसम्बन्धी फिल्मलाई दर्शकले निकै रुचाइरहेका छन् ।

युट्युबमा उक्त फिल्म करिब २ लाख पटक हेरीसकिएको छ । ज्योतिपछि धुर्मुस सुन्तलीले मैथिली फिल्म मुन्नी युट्युबमार्फत सार्वजनिक गरेका हुन् । सिराहाको लाहानमा छायाँकन भएको मुन्नीमा तराई क्षेत्रको दाइजोप्रथा र यसले निम्त्याउने चलीबेटी बेचबिखनको समस्यालाई देखाइएको निर्देशक सिताराम कट्टेलले बताएका छन् ।

फिल्ममा दाइजो दिनु नपर्ने भन्दै नचिनेको मान्छेलाई छोरी सुम्पिँदा आइपरेको जोखिमलाई देखाइएको छ । मैथिली भाषाका संवादहरु बोल्न कठिन रहेपनि सकेसम्म राम्रो गर्न खोजेको कुञ्जना घिमिरेले बताएकी छिन् । दीपक आचार्यको कथा रहेको मुन्नीमा धुर्मुस सुन्तलीसँगै दीपक आचार्य, महेन्द्र झा, रुपा झा, गौरी नारायण ठाकुर, दिनेश रसिया, सरबन यादब, प्रेमनारायण झा, गजेन्दर ठाकुरलगायको अभिनय छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org