थ्रीस्टारले जित्यो बोर्डोलोई ट्रफी
काठमाडौँ, १५ असोज । नेपालको थ्रीस्टार क्लबले भारतको गुवाहाटीमा भएको ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधि शुक्रबार राति जितेको छ ।
गुवाहाटीस्थित नेहरु रङ्गशालामा अबेर राति सकिएको खेलमा नेपाली राष्ट्रिय लिग विजेता थ्रीस्टारले इस्ट बङ्गाल फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो । थ्रीस्टारले एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै उपाधि भिडन्तमा घरेलु टोलीइस्ट बङ्गाललाई निरास बनाएको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयको आठौँ मिनेटमा विमल घर्ती मगरले गोल गर्दै थ्रीस्टारलाई जित दिलाएका हुन् । मध्यभागबाट बल अघि बढाउँदै मगरले गरेको कडा प्रहार गोलमा परिणत भएको हो ।
यसअघि निर्धारित समयमै हारको नजिक पुगेको थ्रीस्टारका लागि अन्तम मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । रोजिन धिमालको फ्रिकिकमा तामाङको सटिक प्रहार गोलमा परिणत भयो । खेलको ८३ औँ मिनेटमा इस्ट बङ्गालले युरोपेली एडिलेजाको हेड गोल मार्फत खेलमा अग्रता लिएको थियो ।
खेलको नवौँ मिनेटमा दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए । विवादका कारण थ्रीस्टारका विजय गुरुङ र इस्ट बङ्गालका सामदअली रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
थ्रीस्टारले यो उपाधि पहिलो पटक जितेको हो । सन् २०१० को प्रतियोगितामा थ्रीस्टार उपविजेतामा सीमित बनेको थियो । ट्रफीसँगै थ्रीस्टारले रु १६ लाख प्राप्त गरेको छ । उपविजेतामा सीमित इस्ट बङ्गालले रु आठ लाखमा चित्त बुझायो । विजयी गोल गरेका थ्रीस्टारका मगर ‘प्लेयर अफ दि फाइनल’ घोषित भए । डिफेन्डर विजय धिमाल प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए । थ्रीस्टारकै फर्वार्ड मार्टिन चार गोल गर्दै सर्वाधिक गोलकर्ता घोषित भए । रासस
Comments
अरु समाचार
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
एनपिएलमा आज कर्णाली र जनकपुर भिड्दै !
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम...












