ताजा समाचार

कारबाहीमा २४ आतङ्ककारी मारिए

download

अफगानिस्तान, १६ असोज । गत २४ घण्टाभित्र तालिवान आतङ्ककारीविरुद्ध अफगान सुरक्षाबलले अफगानिस्तानको दक्षिणी भागमा पर्ने हेल्मण्ड प्रान्तमा जारी राखेको कारबाहीको क्रममा २४ जना तालिवानी आतङ्ककारी मारिएका छन् ।

प्रान्तीय सरकारद्वारा आइतबार जारी एक विज्ञप्तिमा सो जानकारी दिएको छ ।

हेलमाण्ड प्रान्तको नवा, मार्जा, चाह ए अन्जीर जिल्लामा उक्त सुरक्षा कारबाही शनिबार बिहानबाट आइतबार विहानसम्म जारी रहेको जारी विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीको क्रममा कैयौँ तालिवान आतङ्ककारी घाइते भएका पनि विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहतको समाचार नभएको बताइएको छ ।

हेलमाण्ड प्रान्तमा बलियो प्रभाव रहेका तालिवान आतङ्ककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।रासस/सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org