ताजा समाचार

बिधान संशोधन कार्यदलमा नेपाल ओली भागबण्डा

काठमाडौ, श्रावण ८ – एमाले अध्यक्ष केपी ओलीले संविधान नचाहने समूहले संविधान जारी होला भन्ने डरले आन्दोलनको नाममा विचण्डा मच्चाएको आरोप छ । सीमांकन र नामांकन तथा धर्मनिरपेक्षताको बिषयमा भएको आन्दोलनतर्फ लक्षित गर्दै ओलीले त्यस्ता आन्दोलन तर्क र तथ्यको आधारमा नभएको दाबी गरे ।

ओली निवास बालकोटमा रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले संविधानमै संघीयता उल्लेख भएकाले संघीयता नहोला भन्ने आशंका नगर्न अनुरोध गरे ।

‘संविधान जारी भएको ६ महिनाभित्र छुट्टै आयोगले सीमांकनको विषय टुंग्याउछ’, ओलीले भने, ‘आयोग स्वतन्त्र र वैज्ञानिक हुन्छ ।’ मधेसी दलको आन्दोलनप्रति लक्षित गर्दै ओलीले जनताले दिएको सुझाव अनुसार प्रदेशको सीमांकन र नामांकन हुन्छ भने पार्टीलाई आपत्ति नभएको जनाए ।

नागरिकताको सन्दर्भमा टिप्पणी गर्दै ओलीले कुनै पनि नेपाली नागरिकता विहीन हुनु नपर्ने उल्लेख गरे । ‘नेपाली होइनन् भने मात्रै नत्र भने सबै नेपालीले नागरिकता पाउँछन्’, ओलीले भने ।

कार्यक्रममा बोल्दै ओलीले धर्म निरपेक्षताको नेपाली अनुवाद नै गलत भएको बताए । ‘धर्म निरपेक्षता भनेको धार्मिक स्वतन्त्रता भन्न खोजेको हो’, उनले भने,‘निरपेक्षताको स्थानमा धार्मिक स्वतन्त्रता उल्लेख गर्न सकिन्छ ।’

उनले नयाँ बन्ने संविधानमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुने बताए । ‘प्रेस स्वतन्त्रता भनेकै पूर्ण हो’, ओलीले भने,‘स्वतन्त्रता भन्ने कुरा आधा वा कम भन्ने हुन्न ।’ उनले संविधानमा प्रेस स्वतन्त्रताको सट्टा पूर्ण प्रेस स्वतन्त्रता लेख्न पनि कुनै आपत्ति नभएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org