ताजा समाचार

अमेरिकाको एक रेष्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु

shooting-1लस एञ्जलस, ३० असोज । अमेरिकाको लस एञ्जलसस्थित एक रेष्टुरेन्टमा झगडामा चलेको गोलीबारीमा तीन जनाको मृत्यु भएको छ । घटनमा १२ जना घाइते भएका छन् ।

घटनास्थलमा गोली लागेका कारण रेष्टुरेन्टभित्र रगतका छिटा देखिएको स्थानीय प्रहरीले जनाएको छ । गोली चलाएको घटनामा संलग्न रहेको अभियोगमा दुई समूहलाई पक्राउ गरेर प्रहरीले सोधपुछ थालेको छ ।

लस एञ्जलसको पुलिस विभागका अधिकारी माइक लोपेजका अनुसार शनिबार राति साढे बाह्र बजे गोली चलेको थियो । रेष्टुरेन्टमा पाटी रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । पाटी चलिरहेका बेला दुई समूहबीच झगडा भइ गोली चलेको जनाइएको छ ।

झगडा भएपछि एक पुरुष र एक महिला रेष्टुरेन्टबाट निस्किएर गएका थिए । त्यसको लगत्तै उनीहरू आएपछि रेष्टुरेन्टभित्र गोली चलेको जनाइएको छ ।

सोही जोडीले गोली चलाएको प्रत्यक्षदर्शीको भनाइ छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । – एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org