ताजा समाचार

हत्याको अभियोगमा साउदीका राजकुमारलाई मृत्युदण्ड

death-panilty

रियाद ३ कात्तिक । हत्याको अभियोगमा साउदी अरबका एक राजकुमारलाई मृत्युदण्ड दिइएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार राजकुमार तुर्की बिन साउद अल कबिरलाई मंगलबार मृत्युदण्ड दिइएको हो। उनलाई तीन वर्ष पहिले साउदीको राजधानी रियादमा आपसी विवादका क्रममा एक व्यक्तिलाई गोली हानी हत्या गरेको आरोप लागेको थियो।

साउदी गृह मन्त्रालयले राजकुमारलाई हत्याको आरोपमा पक्राउ गरेर अदालतमा पेश गरिएको र अदातलले उनलाई मृत्युदण्डको फैसला सुनाएको बताएको छ। मन्त्रालयका अनुसार अदालतको उक्त फैसलाविरुद्व उच्च अदालतमा अपिल गरिएको थियो तर उच्च अदालतले पनि उनको मृत्युदण्डको फैसलालाई सदर गरेपछि उनलाई मृत्युदण्ड दिइएको हो। गृह मन्त्रालयले राजकुमारको मृत्युदण्डबारे जानकारी सार्वजनिक गर्दै सरकार हरेक व्यक्तिको सुरक्षा र पीडितलाई न्याय दिलाउने कुरामा प्रतिबद्ध रहेकोमा आश्वस्त पारेको छ। उनलाई कसरी मृत्युदण्ड दिइयो भन्नेबारे केही खुलाइएको छैन।

मृतक अदेल अल मोहेमीदको परिवारले शाही परिवारबाट ब्लड मनी अस्वीकार गरेपछि राजकुमारलाई मृत्युदण्ड दिइएको हो। राजकुमार कबिर साउदीमा यो वर्ष मृत्युदण्डको सजाय पाउने १ सय ३४ औं व्यक्ति हुन्। एजेन्सी 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org