घरमा बाँदर पस्न थालेपछि कृषक समस्यामा
पोखरा, २० पुस । दुःख गरेर लगाएको बाली बाँदरले खाइदिन थालेपछि खाद्यान्न समस्या झेल्दै आएका कास्कीका कृषक पछिल्ला दिन घरभित्रै बाँदर पस्न थालेपछि थप समस्यामा परेका छन् ।
तीन वर्षयता बाँदरले गाउँमा आतङ्कित पार्दै आएकामा पछिल्ला दिनमा घरभित्रै बाँदर पस्न थालेपछि कृषकलाई समस्या परेको हो । बाँदरले कृषकले लगाएको बाली सखाप पार्न थालेसँगै व्यावसायिक कृषिको विकल्प सोच्नुपर्ने अवस्था आएको पुम्दीका खेमराज बराल बताउनुहुन्छ ।
विगतमा बाँदर धपाएर पनि बालीको संरक्षण गर्न सकिने गरेकामा पछिल्ला दिनमा धपाउन जाँदा उल्टै बाँदरले आक्रमण गर्ने गरेको उहाँको भनाइ छ । “पहिले पहिले त धपाएपछि बाँदर भाग्थे, तर अहिले त्यस्तो छैन,” उहाँले भन्नुभयो ।
वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रुपमा सूचीकृत गरेको छ । तर यहाँका कृषकले भने राज्यले बालीनालीको उचित क्षतिपूर्ती उपलब्ध गराउनुपर्ने माग गरेका छन् । राष्ट्रिय कृषक समूह महासङ्घ कास्कीका सचिवसमेत रहेका बरालकाअनुसार बाँदरले गाउँ÷गाउँमा आतङ्कित बनाएपछि सङ्घका तर्फबाट यसको व्यवस्थापनको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दरपीठ समेत गरिएको छ ।
जिल्लाका विभिन्न गाउँमा बाँदरले बाली खाइदिएपछि जिल्ला कृषि विकास कार्यालयमा गुनासो आउने गरेको छ । कृषकले बाँदरको व्यवस्थापन एवम् क्षतिपूर्तिको माग गर्दै आए पनि त्यस सम्बन्धमा स्पष्ट नीति तयार नहुँदा उनीहरुले राहत तथा क्षतिपूर्ति पाउन सकेका छैनन् ।
जिल्लाका पुम्दीभुम्दी, भरतपोखरी, निर्मलपोखरी, लाहाचोक, घाचोकलगायतका कृषक बाँदरबाट पीडित बनेका जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत इन्द्रमणि लामिछाने बताउनुहुन्छ । पुम्दीभुम्दी, घाचोक, लाहाचोकका साथै भरतपोखरीका बरमाझथर, बाँसपानी, चाउका, आँगेटारी, हुँडिकोटलगायतका स्थानमा बाँदरका कारण मकै भित्र्याउन नपाएका कृषकलाई यतिखेर हिउँदे तरकारी तथा मेवालगायतका फल जोगाउन हम्मे÷हम्मे परेको छ ।
बिक्री गर्न राखेको रु एक लाख ५० हजार बराबरको गोलभेँडा बाँदरले खाइदिएको पुम्दीका कृषक प्रेमनाथ बरालले बताउनुभयो । कतिपय कृषक व्यवसाय नै परिवर्तन गर्न बाध्य छन् । तराईमा हात्तीका कारण बालीनालीमा क्षति हुँदा कृषकले क्षतिपूर्ति पाउने गरे पनि वषौँदेखि बाँदरका कारण क्षति बेहोरेका यहाँका कृषकले क्षतिपूर्ति पाउन सकेका छैनन् ।
Comments
अरु समाचार
-
पक्राउ गरेपछि रविलाई पोखरा लगियो, ठूलो संख्यामा रास्वपाका नेता-कार्यकर्ता पछि लागे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी कार्यालयबाट प्रहरीले पक्राउ गरेर पोखरा लगेको छ...
-
सहकारी ठगीमा रविसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी...
-
रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी कास्की लगिने
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि...
-
रविलाई पक्राउ गर्न प्रहरीले अदालतबाट लियो अनुमति
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ ।जिल्ला प्रहरी कार्यालय, कास्कीले...
-
इटहरीका दश परिवार नाङ्लो बुनेर लोभलाग्दो आम्दानी गर्दै
काठमाडौं । इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने पुख्र्यौली पेसा अपनाएका छन् । व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका...
-
फ्रान्समा आप्रवासी बोकेको डुङ्गा डुब्दा एक बालकको मृत्यु, ६५ जनाको उद्धार
काठमाडौं । फ्रान्सको सामुद्रिक तटबाट च्यानल हुँदै बिहीबार राति भारबहन क्षमताभन्दा बढी आप्रवासी लिएर बेलायततर्फ गइरहेको एउटा डुङ्गा डुब्दा उक...
-
देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौं । बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण...
-
सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग
काठमाडौं । जवाफदेहिता निरगानी समितिले सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोटलाई विश्वसनीय बनाउन नयाँ छनोट समिति गठन गर्न माग गरेको छ...
-
दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु
काठमडौं । दाङको बङ्गलाचुली गाउँपालिका–४ जुम्लेपानीमा गएराति टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा गढवा गाउँपालिका–७ निवासी अन्दाजी...