ताजा समाचार

धनीका कुरा : जो विहान उठ्नेवित्तिकै…

एजेन्सी । अहिले माइक्रोसफ्टका मालिक बिल गेट्स तथा भारतीय व्यवसायी मुकेश अम्बानीबारे नसुन्ने त को होला र ? उनीहरूले गरेका कामबारे जानकारी पनि हामी धेरैलाई थाहा छ । कतिका लागि त उनीहरूले पाएको सफलता एउटा मुख्य प्रेरणा पनि हुन सक्छ । सानो लगानीबाट सुरु गरेका उनीहरूको व्यवसायले अहिले विश्वमा अत्यन्त राम्रो गरिरहेका छन् । यो त उनीहरूको मिहिनेत र परिश्रमविना सम्भव हुने कुरा नै होइन । त्यसमा जोडिन्छ, उनीहरूको व्यवसायप्रतिको इमानदारी । तर, केचाहिँ सत्य हो भने उनीहरूको जीवनशैली पनि अहिले धेरैका लागि चासोको विषय हो । आखिर यी दुई सफल व्यवसायी बिहान उठ्नेबित्तिकै के गर्छन् त ? रिलायन्स इन्डस्ट्रिज लिमिटेडका डाइरेक्टर मुकेश अम्बानी प्रत्येक दिन बिहान साढे पाँच बजेभित्र उठिसक्छन् । उनी उठेपछि जिम गर्न थाल्छन् । केही समय पौडी खेलेपछि उनी पत्रिका पढ्छन् । त्यसपछि उनी केही अफिसियल काम घरमै सकाउँछन् । केही विशेष नोटहरू पनि उनी लिन्छन् । त्यसपछि उनी अफिस जाने तयारी गर्न थाल्छन् । अम्बानी प्रत्येक दिन अत्यन्त छिटो अफिस पुग्छन् । उता, माइक्रोसफ्टका मालिक बिल गेट्स पनि बिहान उठ्नेबित्तिकै एक्सरसाइज गर्न रुचाउँछन् । त्यो पनि एक घन्टाका लागि । बिल गेट्स एक्सरसाइज गर्दाचाहिँ कुनै न कुनै भिडियो हेरिरहेका हुन्छन् । अत्यन्त हलुका ब्रेकफास्ट लिएपछि गेट्स पनि सबेरै अफिस जानका लागि तयारी गर्छन् । त्यो बीचमा उनी महत्वपूर्ण फोन पनि गर्छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org