ताजा समाचार

लघु जलविद्युत् आयोजनाको दिगो विकासमा जोड

पोखरा, २२ पुस । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, प्रधान कार्यालय पोखराको आयोजनामा एक हप्ते लघु जलविद्युत् आयोजना व्यवस्थापन तथा लेखसम्बन्धी एकहप्ते तालिम आजदेखि यहाँ सुुरु भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र सञ्चालित लघु जलविद्युत् आयोजनाको दिगोरुपमा सञ्चालन र व्यवस्थापन कार्यमा सहयोग पु¥याउने तालिमको मुख्य उद्देश्य रहेको छ ।

अन्नपूर्ण संरक्षण आयोजना प्रमुख लालप्रसाद गुरुङले सो प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै लघु जलविद्युत्को दिगोपनाका लागि तालिम महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

अन्नपूर्ण संरक्षण आयोजनाका देवेन्द्रबहादुर श्रेष्ठ र माणिकलाल श्रेष्ठले सहजीकरण गर्नुभएको तालिममा कास्की, लमजुङ, मनाङ र मुस्ताङ जिल्लाका २० वटा लघु जलविद्युत् आयोजना व्यवस्थापकको सहभागिता रहेको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org