नख्खु कारागारमा मनोसामाजिक अस्पताल बन्दै
सञ्चिता घिमिरे/ललितपुर, २२ पुस । नख्खु कारागारमा मानसिक रोगी कैदीबन्दीको सङ्ख्या बढेपछि कारागारमै मनोसामाजिक अस्पताल बन्ने भएको छ ।
पच्चीस श्ययाको अस्पताल विसं २०७५ को असारसम्ममा निर्माण सम्पन्न हुने सम्झौता भएको छ । कारागार व्यवस्थापन कार्यविधि, २०७३ ले मनोसामाजिक अस्पतालका लागि एकजना वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्टसहित १२ जना कर्मचारीको दरबन्दी व्यवस्था गरिसकेको छ ।
अहिले भएका कैदीबन्दीमध्ये झन्डै २० प्रतिशत मानसिक रोगी रहेको कारागारले बताएको छ । मानसिक अस्पताल लगनखेलमा रहेकाले पनि विभिन्न जिल्लाबाट मानसिक रोगी नख्खु कारागार सरुवा भएर आउने गरेका छन् । विभिन्न जिल्ला कारागारमा रहेका मानसिक रोगीलाई कारागार व्यवस्था विभागले नख्खु कारागारमा सरुवा गरेर पठाउने गरेको जेलर टेकबहादुर केसीले बताउनुभयो ।
अस्पताल बन्ने प्रक्रियामा भएपनि जिल्लाका कारागार र कैदीबन्दीले अस्पताल बनिसक्यो भन्ने सोचेर समेत आउने गर्छन् । उहाँ भन्नुहुन्छ, “पाटनमा उपचार हुन्छ भनेर पठाउने त छँदैछ अस्पतालको जग खन्दै भएपनि धेरै कारागारले यहाँभित्रै अस्पताल बनिसक्यो भनेर समेत बिरामी कैदी पठाउँछन्् ।”
अस्पताल बनेपछि मानसिक रोगसँगै अरु रोग पनि यहाँबाट उपचार हुने अस्पतालले बताएको छ । कारागारका लेखा अधिकृत मित्रलाल शर्माले अस्पताल बनेपछि बिरामीलाई नियमित लगनखेलस्थित मानसिक अस्पताल पु¥याउनु नपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “कैदीबन्दीले यहीँबाट नियमित उपचार पाउन सक्नेछन् ।” कारागारमा मानसिक रोगी धेरैजना भएपछि प्रशासनले दैनिक दुई÷तीन पटक गरेर उपचारका लागि लगनखेल पु¥याउँदै आएको छ । मानसिक रोगका लागि मानसिक अस्पताल र अरु समस्याका लागि पाटन अस्पताल वा वीर अस्पताल लैजाने गरिएको उहाँ बताउनुहुन्छ ।
धेरै खालका समस्या भएका मानसिक रोगी कारागारमा रहेको जेलर केसी बताउनुहुन्छ । कतिपय उग्र खालका बिरामीलाई व्यवस्थापन गर्न आन्तरिक प्रशासन (कैदीबन्दीबाट नै बनेको) लाई समेत हम्मेहम्मे पर्ने गर्छ । प्रशासनले सुरक्षाकर्मी जुनसुकै समयमा तयार राख्ने गरेको छ । आफैँ पटकपटक आत्महत्याको प्रयास गरिसकेका मानसिक बिरामी यहाँ छन् । उहाँ भन्नुहुन्छ, “धेरै उग्र बिरामीले अरुलाई समेत असर पु¥याउँछन् भन्ने डर हुन्छ ।” कतिपय बिरामीलाई नियन्त्रणमा राख्नका लागि धेरै जना लाग्नुपर्छ ।
नख्खु कारागारमा आएपछि मानसिक रोगको उपचार पाएर धेरै जना बिरामी निको भएका आन्तरिक प्रशासनका कर्मचारी बताउँछन् । कारागारबाटै मानसिक अस्पताल पुगेर र कारागारमा नियमित औषधि खाएर बिरामी सामान्य अवस्थामा फर्केको जेलर केसी बताउनुहुन्छ ।
कारागारमा शान्त वातावरण र हावापानीले पनि मानसिक रोगी बिरामीलाई निको हुन सघाएको उहाँको दाबी छ । उहाँ भन्नुहुन्छ, “पहिले यहाँ आउँदा कसरी थाम्ने भनिएकाहरु अहिले पूरै निको भएका समेत छन् ।”
सरकारी नियमअनुसार ११५ जना क्षमताको नयाँ भवन गत वर्षदेखि सञ्चालनमा आएपछि कारागारमा कैदीबन्दीको सङ्ख्या बढेको छ । कारागारमा २५० जना क्षमताका दुई ब्लकसमेत निर्माण हुने भएको छ ।
एकसयजना क्षमताको महिला कारागारको समेत काम अघि बढेको छ । अहिले यहाँ ६५० को हाराहारीमा कैदीबन्दी रहेको कारागारले बताएको छ । रासस
Comments
अरु समाचार
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
सुख्खा पहिरोले महाकाली राजमार्ग अवरुद्ध
काठमाडौं । सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा...
-
दहचोकस्थित इन्द्रदहमा मेला भर्न भक्तजनको घुइँचो
काठमाडौं । चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लागेको मेला भर्न भक्तजनको घुइँचो लागेको छ । काठमाडौं जिल्लाको पश्चिमतर्फ ऐतिहासिक, धार्मिक, सांस्कृतिक,...
-
दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक
काठमाडौं । संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण गर्नुपर्ने भएकाले दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ...
-
आजदेखि सोह्र श्राद्धको विधिवत् आरम्भ गरिँदै
काठमाडौँ, २ असोजः प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।...
-
देशका अधिकांश भागमा मौसम सफा रहने
काठमाडौँ, २ असोजः देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको...
-
आजको राशिफल: २०८१ साल असोज २ गते बुधवार
मेषः चिताएको मूल्य प्राप्त नभए पनि प्रयत्न गर्दा ऋणमोचन हुनेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट...
-
जनताको दुःखको सारथी मनहरीका अध्यक्ष कालाखेती, आफ्नो पारिश्रमिकले बनाईदिए एकल महिलालाई घर
काठमाडौं । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त रकम खर्चेर एकल महिलालाई पक्की घर बनाइदिएका छन्...