ताजा समाचार

शोक प्रस्ताव पारित गर्दै संसद स्थगित

काठमाडौं, २४ पुस ।  सालका सांसद मणिराम पोखरेलको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित भएको छ । शोक प्रस्तावसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित भएसँगै दिउँसो ३ बजेसम्मका लागि संसद स्थगित भएको हो । २०१५ सालमा खोटाङ क्षेत्र नं। १६ बाट निर्वाचित सांसद पोखरेलको ८७ वर्षको उमेरमा पुस १८ गते निधन भएको थियो । प्रतिपक्षी ९ दलले संविधान संशोधन विधेयकप्रति असन्तुष्टि जनाउँदै निरन्तर संसद बैठक अबरुद्ध गर्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org