ताजा समाचार

वरिष्ठ पत्रकार पौडेललाई पितृशोक

काठमाडौँ, २६ पुस । वरिष्ठ पत्रकार एवम् कमाण्डर पोस्ट राष्ट्रिय दैनिकका प्रधान सम्पादक युगनाथ शर्मा पौडेललाई पितृशोक परेको छ ।

पत्रकार पौडेलका पिता तोयनाथ शर्मा पौडेलको सोमबार राति १२ः३० मा ८४ वर्षको उमेरमा हृदयाघातका कारण पर्वतको कुश्मा नगरपालिका–१४ स्थित आफ्नै निवासमा निधन भएको हो ।

स्व पौडेलका दुई छोरा छन् । पत्रकार पौडेल जेठो छोरा हुनुुहुन्छ । उहाँको पार्थिव शरीरलाई आजै कालीगण्डकीको मोदीवेनीमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org