ताजा समाचार

धूलाम्मे शहर !

विभिन्न स्रोतहरुले नेपालको राजधानी ‘काठमाडौं’ एशियाको पहिलो र विश्वको तेस्रो प्रदूषित सहर भनेर पुष्टि गरेका छन् । नांगो आँखाले हेर्दा यहाँको वायुमण्डल निकै धमिलो देखिन्छ । स्वास्थ्य अवस्था सामान्य रहेका मानिसले आँखा पिरो हुने, चिलाउने, घाँटी खसखसाउने जस्ता समस्या भोगिरहेका छन् ।
काठमाडौंमा अधिकांशले मुखमा मास्क लगाएर हिँडिरहेका देखिन्छन् । आफ्नै सहर आफ्नै लागि गन्हाएको छ । आफू वरिपरिको वातावरण आफ्नै लागि हानिकारक बनिरहेको छ । आफ्नै माटो आफ्नै लागि विष बनिरहेछ ।
सडक किनारमा बिजुलीका तार बेतमासले झुन्डिरहेका छन् । सानो–सानो कुराले सहरको सुन्दरतालाई कति कुरूप बनाउँछ भन्ने विद्युत् प्राधिकरणलाई थाहा नभएको पनि होइन, किनभने अध्ययन भ्रमणको सिलसिलामा विदेश घुमेर तिनीहरूले राज्यका करोडौँ रकम स्वाहा पारेका छन् तर खै किन होला काठमाडौंलाई सुन्दर बनाउन ती लाग्दैनन् । कतिपय स्थानमा झुण्डिएका तारहरूले पैदलयात्रीको टाउको छुनै लागेको देखिन्छ ।
तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले सुरु गरेको काठमाडौं उपत्यका लगायत मुख्य शहरका सडक विस्तारको काम अझै सकिएको छैन । सडक चौडा पार्नेक्रम जारी छ । यद्यपी मुख्य सडकको जिम्मेवारी लिएका ठेकेदारले समयमा नै निर्माण कार्य पूरा गर्न नसकेको स्पष्ट देख्न सकिन्छ । र,अर्को तर्फ मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने काम भईरहेको छ । जसकारण सडक छेउमा वस्ने जो कोही पनि धूलोबाट प्रभावित बनेका छन् । जाडो मौसममा घाम ताप्न सडक छेउमा वस्दा सवारी साधनले उडाएको धूलोधूवाँले छिनमा नै भूलाम्मे भएको देखिन्छ । अझ दैनिक रुपमा सडकमा नै बसेर काम गर्ने ट्राफिक प्रहरी लगायत पीडा यहाँ लेखीसाध्य छैन ।

पानी पर्दा हिलाम्मे, घाम लाग्दा धुलाम्मे,जताततै फोहोर नै फोहोर,कंक्रिटको जंगल काठमाडौंको परिचय बनेको छ । बाध्यता भनौ या रहरले धन्न बसेका छन् मान्छे । यस किसिमको सडकको अवस्था कहिले अन्त्य होला रु सवारी साधनमा यात्रा गर्दा खाल्डाखुल्डीका कारण वृद्धवृद्धा, एम्बुलेन्समा रहेका विरामीलाई बढी असर परेको देखिन्छ । सर्वसाधरणले यस किसिमको समस्या वषौंदेखि भोग्न बाध्य छन् ।

सरकारका सचिवहरू सरकारमा बसुन्जेल शक्तिकेन्द्रको चाकडी गर्न व्यस्त हुन्छन् । पदबाट पेन्सिन लिएर बिदा भएपछि चर्चा कमाउनका लागि मात्रै भए पनि झाडू समातेर वागमती नदी सफा गर्न निस्कन्छन् । उदाहरणका लागि लीलामणि पौड्याल, डा.बाबुराम भट्टराई । बागमती नदी सरसफाइ अभियान यति औं हप्तामा भन्ने बखर मिडियामा आईरहेकै हुन्छ तर गएर हे¥यो उस्तै लाग्छ । राज्यस्तरबाटै नीति बनेन र यसलाई कार्यान्वयन गर्न राज्यका संरचना खटिएनन् भने केही हुनेवाला छैन । बाबुराम नेतृत्वको नयाँ शक्तिको ‘क्लिन, ग्रिन काठमाडौं’ जे भने पनि यो क्षणिक चर्चाका लागि गरिएका प्रचारवादी काम हुन् ।

राज्यका संरचनाहरू जिम्मेवार नबनेसम्म कुनै एक व्यक्ति वा समूहको इच्छा, चाहना र भावनाबाट परिवर्तन सम्भव देखिन्न । नगरपालिका, महानगरपालिका, उपमहानगरपालिकाका कर्मचारी दिनभरि घाम तापेर बस्ने, कुनै नीति योजनाहरू निर्माण नगर्ने हो भने एकजना मानिस झाडु बोकेर सडकमा निस्किँदैमा सहर सफा हुँदैन ।
काठमाडौंलाई कस्तो बनाउने भनेर लामो समयदेखि विभिन्न तहमा बहस हुँदै आइरहेका छन् । विज्ञले आफ्नो धारणा पनि बेलाबेलामा राखी नै रहन्छन् । तर, काठमाडौं जस्ताको तस्तै छ । देशको राजधानी भएकाले पक्कै पनि काठमाडौंसँग देशवासीको भावना, सम्बन्ध र परिचय छ । तर, काठमाडौंले जुन मात्रामा स्वदेशी, विदेशीको मन जित्नुपर्ने थियो, त्यो छैन । काठमाडौंलाई मेट्रोसिटी र साइकल सिटीको रुपमा विकास गर्न सकियो भने सडकमा सवारीको चाप स्वतः घट्छ र वायु प्रदूषित हुन पाउँदैन ।
फुटपाथका र पोके व्यापारीलाई मुख्य सडकपेटी र आकाशेपुलबाट तत्काल हटाउनुपर्दछ । अहिले भएको के छ भने सडकका किनारहरू पुलपुलेसा, मन्दिर, पेटी, गुम्बा, मैदान जहाँ पायो, त्यहीँ एउटा च्यादर ओछ्यायो, पसल थाप्यो । काठमाडौं सहरलाई कुरुप बनाउन यिनीहरूको ठूलो भूमिका छ । सभ्य र विकसित देशहरूमा जहाँ गए पनि कसैले यस्तो किसिमको अनुशासनहीन काम गरिरहेका हुँदैनन् । यिनै कारण पनि विदेशीको अगाडि हामी लज्जित हुनुपरेको छ । आकाशे पुल पैदलयात्रीका लागि बनाइएको हो कि व्यापारीलाई पसल फिँजाउनका लागि बनाइएको हो रु सरकारले जवाफ दिनुपर्दछ ।
अर्कोतर्फ सडकलाई हरियली बनाउन सडक किनारामा लगाएका पूmलविरुबा रोपेपनि मलजलको अभावका कारण मर्न थालेका छन् । सडकको धूलो उडेर पातमा बस्नाले विरुवा कुरुप देखिन्छ । अझ, चौपाया अलपत्र छाड्नाले बिरुवा खाइदिने र पैदल यात्रीले समेत भाँच्ने समेत गरेका छन् । उपत्यकालाई हरियाली बनाउन सरकारले सक्दो सहयोग गरेपनि निरन्तर खबरदारी र अनुगमन नगर्दा उपत्यकाको वातावरण झन प्रदूषित बन्दै गइरहेको छ । फोहोरमैलाई सही सदुपयोग गरी जहाँतहीं नप्mयाँकी चिल्लो सडक, हरियाली वातावरण बनाउनेतर्फ हामी सबै गम्भीर भएर लागेमात्रै स्वस्च्छ वातावरण बनाउन सकिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org