ताजा समाचार

खुकुरी प्रहारबाट एक युवक गम्भीर

चरिकोट, २६ पुस । दोलखाको नाम्दु गाविस–२ मा एक युवक खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् ।

सोही गाविस–२ कै वर्ष २३ का सुरेश तामाङले २१ वर्षीय सुन्दर अधिकारीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ ।

प्रहरीका अनुसार अधिकारीको स्वास्थ्य अवस्था गम्भीर छ । उनको घाँटी नजिकै पछाडिपट्टिको भागमा खुकुरीको ठूलै चोट रहेको छ । सोमबार राति सामान्य उपचार पनि उनलाई काठमाडौँ ग्राण्डी अस्पतालमा लगिएको बताइएको छ । घटना के कति कारण भएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको छ । प्रहरी नायब उपरीक्षक रबिन कार्कीले फरार आक्रमणकारी तामाङको खोजी भइरहेको जानकारी दिनुभएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org