ताजा समाचार

पुननिर्माण प्राधिकरणमा सिईओ सुशील ज्ञवालीलाई हटाएर गोविन्द पोखरेल नियुक्त गर्ने सरकारको तयारी

काठमाडौं, २७ पुस । पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिइओ हटाएर नयाँ नियुक्ति गर्न सक्ने एक मन्त्रीले जानकारी दिएका छन् । सुशील ज्ञवालीले बुझाएको ६ पृष्ठ लामो दोस्रो स्पष्टीकरण समेत चित्त बुझ्दो नभएको भन्दै सरकारले उहाँलाई हटाउने गृहकार्य सुरु गरेको हो । स्रोतका अनुसार ज्ञवालीलाई हटाएर सरकाले नयाँ सिइओमा योजना आयोगका पुर्व उपाध्यक्ष डा. गोविन्द पोखरेललाई नियुक्त गर्ने तयारी गरेको छ । यसअघि सुशील कोइराला नेतृत्वको सरकारले पोखरेललाई सिइओ नियुक्त गरेपनि प्राधिकरणको कार्यविधि नबनेको र सरकारले प्रतिस्थापन विधेयक ल्याउन नसकेपछि उहाँको नियुक्ति रद्द भएको थियो । कंग्रेस निकट पोखरेललाई नयाँ सिइओ बनाउने सहमति भइसके पनि कंग्रेस नेता रामचन्द्र पौडेलले योजना आयोगकै पुर्व उपाध्यक्ष युवराज भुसाललाई बनाउन लविङ गर्नुभएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org