ताजा समाचार

वनरक्षक शाही सहीद घोषित,वनमन्त्री भण्डारी घरमै पुगेर एक लाख सहयोग हस्तान्तरण

जाजरकोट २७ पुस । गत पुस १७ गते ताप्लेजुङ्गमा हत्या गरिएका वनरक्षक गणेश शाहीको घर जाजरकोट पुगेर वन मन्त्री शंकर भण्डारीले सहयोग हस्तान्तरण गरेका छन् । दशेरा ८ वडावन जाजरकोटमा रहेको स्वर्गीय शाहीको घरमा पुगेर वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारीले संवेदना प्रकट गर्दै राहत हस्तान्तरण गरेका हुन् ।

खोक्लिङ रेञ्ज पोष्ट ताप्लेजुङ्गमा कार्यरत बनरक्षक स्वर्गीय गणेश शाहीको कार्य क्षेत्रमा खटिएका बेला हत्या गरिएको थियो । नेपाली सेनाको हेलिकोप्टरबाट जाजरकोट आएका वन मन्त्री भण्डारीले पिडित परिवारको घरमै पुगेर सम्बेदना समेत प्रकट गरेका छन । स्वर्गीय शाहीको परिवारलाई मन्त्री भण्डारीले एक लाख रुपैयाँ नगद पिडित परिवारलाई हस्तान्तरण गरेका हुन् । कर्तव्य पालनाको शिलशिलामा हत्या गरिएका वन रक्षक स्वर्गीय गणेश शाहीको श्रीमति पवित्रा खत्री शाहीलाई घरमा पुगेर कार्यालय सहयोगी पदमा मंगलवारैदेखि लागू हुने गरी नियुक्ती दिएका छन् । वन रक्षक स्वर्गीय शाहीलाई सरकारले वन संरक्षण सहिद घोषणा गरेको मन्त्री भण्डारीले जानकारी दिएका छन् । मृतक शाहीको परिवार लाई १० लाख राहत दिने निर्णय गरिसकेको छ ।
सरकारले वन रक्षक गणेश शाहीको नाममा अक्षयकोषको स्थापना गरेर वर्षमा उत्कृष्ट काम गरेका देशभरीका वन रक्षक लाई पुरस्कृत गरिने वन विभागका महानिर्देशक कृष्ण आचार्यले जानकारी दिए । ‘वन रक्षक शाहीका परिवारलाई लालन पालनमा सहयोग गर्न वन विभागले मातहतका सवै कर्मचारी लाई एक दिनको तलब दिने निर्णय गरेका छौ’ विभिन्न जिल्ला वन कार्यालय पनि शाहीको परिवारलाई सहयोग गर्न एक दिनको तलभ सवै कर्मचारीले उठाई रहेका छन उनले वताए । विभिन्न जिल्लामा उठाईएको रकम संकलन गरेर शाहीको परिवार लाई प्रदान गरिने आचार्यले वताए ।
शाहीको ताप्लेजुङ्ग ओराईखु स्थित जंगलमा सामुदायिक बनको लगत सर्वेक्षण गर्न गएका बेला गत पुस १७ गते हत्या भएको थियो । मृतक शाहीकी श्रीमति गर्भवति छन् भने उनका दुई छोरा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org