ताजा समाचार

काभ्रेको टोड्केमा सडक भासिएपछि सवारी आवागमन वन्द,स्थानीय समस्यामा

काठमाडौं, २७ पुस । काभ्रेपलाञ्चोक जिल्लाको मण्डन भेगमा पर्ने हिगुवापाटी (जोगिटार सडक खण्ड)को टोड्के खोलामा पर्ने करिब दुई मिटर सडक भासिएपछि मंगलवारबाट सवारी आवाजावत् बन्द भएको छ ।

सवारी आवागमन बन्द भएपछि त्यस भेगमा सर्वसाधारण मर्कामा परेका छन् भने कृषकले उत्पादन गरेका तरकारी र दूध वजारसम्म ल्याउन पाएका छैनन् । गत वर्ष गएको महाभूकम्पले त्यस भेगमा रहेका प्रायः घर भत्काएको थियो अहिले त बाटो समेत भत्किएपछि पिडितहरुलाई सामान ढुवानिमा समेत थप समस्या परेको छ ।बिगत एक वर्ष अघिबाट त्यहिं बाटो हुँदै दैनिक दर्जनौं टिपर गुड्ने गर्थै । टिपरले बाटोको क्षमता भन्दा बढी सामान बोक्ने गरेको कारण बाटो भत्किएको स्थानियले बताएका छन् ।

 

तस्बिर सौजन्य हाम्रो चण्डेनी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org