ताजा समाचार

राष्ट्रियतालाई बहसको विषय नबनाउन बाबुरामको आग्रह

काठमाडौं २७ पुस। पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रियतालाई बहसको विषय नबनाउन आग्रह गरेका छन् । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको चियापान कार्यक्रममा भट्टराईले राष्ट्रियता सबैको साझा विषय भएको भन्दै बहसको विषय नबनाउन आग्रह गरे । त्यस्तै डा.भट्टराईले  सामाजिक सञ्जाल मार्फत् पृथ्वीनारायण शाहलाई सम्झदै नेपालको एकीकरण अभियानका अग्रणी व्यक्तित्व शाहको सबैले सम्मान गर्न सबैसँग आग्रह समेत गरेका छन् । साथै उनले शाहको सम्मान काम गरेर देशलाई समृद्ध बनाएर गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org