ताजा समाचार

विकासका लागि कटिबद्ध छु : सांसद बिष्ट

कञ्चनपुर, २९ पुस । कञ्चनपुरको बेलडाँडी नगरपालिकाको दोस्रो नगर परिषद् बिहीबार उद्घाटन गर्नुहुँदै व्यवस्थापिका–संसद्का सांसद दिवान सिंह बिष्टले विकासका कार्यक्रम सञ्चालन गर्नका लागि आफू कटिबद्ध रहेको बताउनुभएको छ ।

विकास कार्यका लागि पार्टीगत स्वार्थभन्दा माथि उठेर समान तरिकाले कार्य गरेको उहाँले बताउनुभयो । “जिल्लाको दक्षिणी क्षेत्र जोड्ने हुलाकी राजमार्ग, शुक्लाफाँटा आरक्षको स्तरोन्नति गरी निकुञ्जमा परिणत गर्ने कार्य मेरै पहलमा भएको छ”, उहाँले भन्नुभयो ।

नगरपालिकाका कार्यकारी अधिकृत गणेश दत्त भट्टले आव २०७४÷७५ को रु नौ करोड १४ लाखको बजेट परिषद्समक्ष प्रस्ताव गर्नुभएको छ ।

सडक ग्राभेल, तटबन्ध निर्माण, जेहन्दार छात्रछात्रालाई छात्रवृत्ति, स्वास्थ्य चौकीको भौतिक संरचना निर्माण, पुलपुलेसा, कल्भर्ट निर्माण, तालतलैया संरक्षण र दलित जनजाति, महिला अपाङ्ग, बालबालिकाको सशक्तीकरणका लागि बजेटमा प्रस्ताव गरिएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org