ताजा समाचार

संविधान बनाउने बेलामा मिले जसरी कार्यान्वयनमा पनि दलहरु मिल्नुपर्छ : पूर्व सभामुख नेम्वाङ

काठमाडौं २९ पुस । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ्घले प्रमुख दलबीचको मनमुटावले संविधान कार्यान्वयनमा जटिलता उत्पन्नभएको बताउनु भएको छ ।
‘संविधानजारी गर्ने बेला जसरी दलहरु मिले, अब कार्यान्वयनमा पनि त्यसरी नै एक जुट हुनैपर्छ’ गोल्डेन खबर डट कमको बिहीवार शुभारम्भ गर्दै पूर्वसभामुख नेवाङ्घले भन्नुभयो– दलआपसमानमिल्ने हो भने, आउँदो माघ ७ भित्रमा ३ वटै निर्वाचन गर्न सकिएन भने संविधान कार्यान्वयन हुन सक्दैन ।’
एमाले नेता नेम्वाङ्घले संविधानले जनतालाई सबैअधिकार दिएको प्रष्ट्रयाउनुभयो । ‘संविधानले अधिकार दिने हो, बुद्धि, विवेक र क्षमता दिदैन’कार्यक्रममाउहाँले भन्नुभयो–‘बुद्धि, विवेक र क्षमताआफैले विकास गर्नुपर्छ । हामी कसरी मर्यादितबन्ने कुरा संविधानले दिदैन, मर्यादितआफै हुने हो ।’
नेता नेम्वाङ्घले लोकतन्त्रलाई संस्थागतगर्न संचारमाध्यमको भूमिका बढी हुने धारणा व्यक्तगर्नुभयो । ‘विगतकाआन्दोलन सफलहुनपनि सञ्चारमाध्यमको भूमिका उल्लेखीय छ’ उहाँले भन्नु भयो– हाम्रा आवाज विश्वभर पु¥याउन सञ्चारमाध्यमकै भूमिका छ ।’
उहाँले गोल्डेनखबर डट कमलाई कान्छो संञ्चारको रुपमालिदै जिम्मेवार भएर अगाडि बढ्न आग्रहगर्नुभयो ।
कार्यक्रममा काठमाडौं–३ का सांसद रामेश्वर फुयाँलले संघीयता पहिचाहन र सामथ्र्य हेरेर बनाउनु पर्ने बताउनुभयो । ‘पाँच विकास क्षेत्रलाईलाई नै संघीयता मान्दा सबै भन्दाउत्तम हुन्छ’ उहाँले भन्नु भयो ।
सांसद फुयाँलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानकहिल्यै बिर्सन नसकिने बताउनु भयो । ‘राष्ट्रिय एकतादिवसमा सरकारले यस पाली त बिदादिएन, तर अर्को साल जसरी पनि पृथ्वीजयन्ती मनाइन्छ ।’
मओवादी केन्द्रका पोलिटव्यूरो सदस्य प्रकाश रोकायले एनजिओ र आइएनजिओले देश बिगारेको आरोप लगाउनु भयो । ‘कर्णालीमाएनजिओलाई प्रतिबन्धलगाउनु पर्छ’ उहाँले भन्नु भयो ।
कार्यक्रममाकलाकार मदन घिमिरे, संजय खतिवडा, पुष्कर रेग्मी, यज्ञबहादुर थापा, दीपकथापालगायतकावक्ताले गोल्डेन खबर डट कमपत्रकारितामा पृथक ढंगको समाचार दिओस भन्ने आफूहरुको अपेक्षाभएको बताए । कार्यक्रम गोल्डेन पब्लिकेशनका अध्यक्ष प्रबिण बिष्टको अध्यक्षतामाभएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org