भाउजूले फोन गरेर दाइको निधन भएको सुनाउनुभयो : यमबुद्धका सहयोगी
काठमाडौं २ माघ । नेपाली सांगीतिक क्षेत्रमा ‘यमबुद्ध’ नामले परिचित गायक अनिल अधिकारीको शनिबार निधन भएको छ । पत्नी अस्मिता अधिकारीसहित लन्डनमा बस्दै आएका उनी गत दसैंमा नेपाल आएर फर्किएका थिए ।उनी शनिबार बिहान बाथरुममा मृत भेटिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
‘भाउजूले फोन गरेर दाइको निधन भएको सुनाउनुभयो’, घट्टेकुलोस्थित घरमा सहयोगीका रूपमा बसेका राजकुमार चेपाङले भने, ‘यो दुःखमा उहाँ पनि धेरै बोल्न सक्नुभएन । सबै पीडामा भएकाले बढी थाहा हुन सकेको छैन ।’ यद्यपि उनको निधनको वास्तविक कारण खुलेको छैन ।
अधिकारीको पुख्र्यौली घर धनकुटा भए पनि त्यहाँबाट मोरङको सलकपुर बसाइँ सरी पछिल्लो समय काठमाडौं घट्टेकुलोमा बस्दै आएका छन् । कक्षा ६ देखि काठमाडौंमा अध्ययन गरेका २९ वर्षीय यमबुद्धका साथी, फुटपाथ मेरो घर, एकादेशमा, आउँदैछु म, यो प्रसंग, जुत्तामालगायत गीतलाई श्रोता-दर्शकले निकै रुचाएका छन् ।
सन् २००७ देखि गायन क्षेत्रमा लागेका उनले सन् २०११ मा ‘मिक्सटेप’ नामको एल्बम बजारमा ल्याएका थिए । नयाँ एल्बम ‘खतरा’ रिलिज गर्ने तयारीमा रहेका उनी नेपाली हिपहप र र्यापमा समकालीन अन्य र्यापरभन्दा चर्चित मानिन्थे । उनले विश्वका विभिन्न मुलुकमा आफ्नो गायनकला प्रस्तुत गरिसकेका थिए ।
यमबुद्धकी आमा उर्मिला अधिकारी हाल अस्ट्रेलियामा छिन् भने बाबु अम्बिकाप्रसाद अधिकारी राप्रपाका नेता हुन् । अधिकारीदम्पतीका एक्ला छोरा यमबुद्धले चार वर्षअघि अस्मितासँग विवाह गरेका थिए ।
यमबुद्धले गाएका गीत हेर्नेहोस्
Comments
अरु समाचार
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई बागमती प्रदेश सरकारद्वारा पुरस्कार प्रदान
काठमाडौं । संविधान दिवसको अवसरमा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको छ...
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
सुख्खा पहिरोले महाकाली राजमार्ग अवरुद्ध
काठमाडौं । सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा...