राप्रपाः साधारण सदस्य लगत सङ्कलन सुरु
काठमाडौँ, २ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका साधारण सदस्य लगत सङ्कलन कार्य आजदेखि सुरु भएको छ ।
पार्टीको आसन्न महाधिवेशन प्रयोजनका लागि विशेष अभियानका रुपमा गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म देशभरसदस्यता वितरण गरिएको थियो । सो अवधिभर सदस्य बनेकाहरुको यही माघ ७ गते अगावै लगत सङ्कलन गरी पार्टीमा अभिलेख राखिने छ ।
पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार केन्द्रीय निर्वाचन समिति अन्तर्गत रहने गरी प्रत्येक जिल्लामा निर्वाचन समिति गठन गरिएको छ । साधरण सदस्य भएकामध्येबाट केहीलाई वडा समितिमा मनोनयन गरिने छ । उहाँले यही माघको दोस्रो हप्ताभर देशभर वडा, गाउँ र नगर कार्यसमितिको अधिवेशन तथा माघ २१ गते दुई सय ४० निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गरिने जानकारी
दिनुभयो । पार्टीको केन्द्रीय अधिवेशन भने आगामी फागुन ६–९ गतेसम्म काठमाडौँ गरिने तय भइसकेको छ ।
नगर कार्यसमितिबाट प्रतिनिधि छनोट गरिने छ । सोअनुसार महानगरपालिकाबाट चार, उपमहानगरपालिकाबाट तीन, नगरपालिकाबाट दुई, प्रत्येक निर्वाचन क्षेत्र र प्रत्येक जिल्लाबाट नौ नौ, क्रियाशील भ्रातृ सङ्गठनबाट चार जनाको अनुपातमा प्रतिनिधि छनोट गरिने छ ।
पार्टी एकीकरण भएपछि तल्लो तहदेखि माथिल्लो तहसम्मका सबै नेता तथा कार्यकर्ताले नयाँ सदस्यता अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था पार्टीले गरेको थियो । सोहीअनुसार पार्टीका अध्यक्ष कमल थापाले गृह जिल्ला मकवानपुरबाट नयाँ सदस्यता लिनुभएको छ । रासस
Comments
अरु समाचार
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...